पर्वत सुनचाँदी व्यावसायी संघको अध्यक्षमा ठाकुर बि. पौडेल र सचिवमा कुल बहादुर सुनार( राजेन्द्र) सर्वसम्त चयन

पर्वत । पर्वत सुनचाँदी व्यावसायी संघको सातौं साधारणसभा तथा तेस्रो अधिवेशन शनिबार एक कार्यक्रका बिच कुश्ममा सम्पन्न भएको छ । अधिवेशनबाट ठाकुर वि. पौडेल सर्वसम्त अध्यक्षमा चयन हुनुभएको छ । भने उपाध्यक्षमा, मोहलाल विश्वकमा, विनोद विक्रम पोख्रल, सचिवमा कुल वहादुर सुनार (राजेन्द्र), सहसचिवमा सुर्य रसाइली, कोषाध्यक्षमा कृष्ण विश्वकर्मा र सहकोषाध्यक्षमा टिकाराम विश्वकर्मा चयन हुनुभएको छ । सदस्यहरुमा सुजन विश्वकर्मा , भुवन विश्वकर्मा ,धनराज वि.पौडेल, प्रकाश विश्वकर्मा ,विकास श्रेष्ठ ,नवीन विश्वकर्मा, ओम बहादुर विश्वकर्मा र विवेक सुनार रहनुभएको छ ।
अधिवेशनको उदघाटन गर्दै प्रमुख अतिथि एवं जिल्ला समन्वय पर्वतका प्रमुख मनोहर विश्वकर्मा पौडेलले व्यवसायीहरु राज्यको नितिनियममा रहेर मर्यादित रुपले जिम्मेवार भई व्यवसाय संचालन गर्न आग्रह गर्दै सफलतापुर्बक कार्यसम्पादन गरेकोमा निर्वतमान समिति लाई बधाई दिदै वर्तमान कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिनुभयो । कार्यक्रममा नेपाल सुनचाँदी व्यावसायी महासंघका उपाध्यक्ष निर्मल विश्वकर्मा, पुर्व अध्यक्ष लखन सुनार, सल्लाहकार तथा फनपा ११ का वडा अध्यक्ष जितवहादुर सुनार,सुनचाँदी व्यावसायी महिला समुहकी अध्यक्ष तारा विश्वकर्मा लगायत बोल्नु भएको थियो ।

पदभार ग्रहण गर्दै नया कार्यसमितिका अध्यक्ष ठाकुर वि.पौडेलले आफुले सधै व्यवसायीको हकहितका लागि काम गर्ने प्रतिवद्धता गर्नुभयो ।
पर्वत सुनचाँदी व्यावसायी संघका निर्वतमान अध्यक्ष विकाश विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्ण सुनार र सञ्चालन सचिव विनोद बिक्रम पोखरेलले गर्नुभएको नव कार्यसमिति सचिव कुल वहादुर सुनार (राजेन्द्र) ले जानकारी दिनुभयो ।।

 

You might also like More from author

Comments are closed.