जैमिनिका पहिरो पिडितलाई युबा संघ र अनेरास्ववियुको सहयोग

बाग्लुङ , २ असोज – नेपाल कम्युनिस्ट पार्टी नेकपा निकट युवा तथा विद्यार्थी संगठन राष्ट्रिय युवा संघ बागलुङ र अनेरास्ववियू बागलुङले जैमिनी नगरपालिकाका बाढी पहिरोबाट ज्यान गुमाउने पीडित परिवारमा राहत हस्तान्तरण तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । गत भदौ २८ र २९ गते बिहान जैमिनी नगरपालिका वडा न ५ बिनामारे र जैमिनी १ कुस्मिशेरा टुनिबोटामा पहिरो गइ बिनामारे निवासी जालपा देबि पाध्या, टुनिबोट निवासी लक्ष्मी देबि पाध्या र हरिकृष्ण पौडेलगरि ३ जनाको पहिरोमा परि मृत्यु भएको थियो । उक्त मृतकका परिवारहरुलाइ रु ५००० का दरले राष्ट्रिय युवा संघ बागलुङ र अनेरास्ववियू बागलुङले सहयोग रकम हस्तान्तरण गरेको अनेरास्ववियू बागलुङका नेता शिब शर्माले बताउनु भयो । नेकपा जिल्ला कमिटी सदस्य झमन पाण्डे, अनेरास्ववियू केन्द्रिय सदस्य जीवन शर्मा, राष्ट्रिय युवा संघ बागलुङ संयोजक रेशम घर्ती मगर , सह संयोजक रमेश घर्ती , विद्यार्थी नेता शिव शर्मा, सहयोग संकलन अभियानका संयोजक आकृति भण्डारी, युवा संघ बागलुङ नगर संयोजक दिपेन्द्र रेग्मी विद्यार्थी नेतृ अमृता जिसि लगायतको उपस्थितिमा सहयोग कार्यक्रम सम्पन्न भएको थियो । युबा संघ बाग्लुङले बिपदको बेला सम्स्यामा परेकालाई राहत बितरन र उद्दारमा खटन को लागि सबै लाई निर्देशन दियको र सबै परिचालन हुँदै आयको नगर संयोजक दिपेन्द्र रेग्मीले मेलापात डट कम लाई जान्कारी दिनु भयो

You might also like More from author

Comments are closed.