पर्वतको महाशिला गाउँपालिकामा “महाशिला गाउँपालिको कुना देखि कोरा सम्म” कार्यक्रम सुरुवात

पर्वत । पर्वतको महाशिला गाउँपालिकामा “महाशिला गाउँपालिको कुना देखि कोरा सम्म” कार्यक्रम सुरुवात भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठनका नेता श्री बालारानी मा बि बालकोटका प्र अ थम बहादुर नेपाली र समाजसेवी एक बहादुर नेपालीकी आमा पार्बती नेपाली को निधन भएको नबौ तिथिको अवसरमा श्रद्धाञ्जली सहित महाशिला गाउँपालिका र वडा न ५ को तर्फबाट रु ५ हजार भेटि हस्तान्तरण गरि “महाशिला गाउँपालिको कुना देखि कोरा सम्म” कार्यक्रम सुरुवात गरिएको हो । अब देखि महाशिला गाउँपालिका भित्र घर भई मृत्युका परिवारले भेटी स्वरुप जनही पाच हजार रुपैया पाउने छन । सामाजिक उत्तरदायित्व देखि जनताको सुख दुखमा सहभागिता रहनका लागि कार्यक्रमको सुरुवात गरिएको महाशिला गाउँपालिका प्रवक्ता एवं वडा नं. ५ का वडा अध्यक्ष जिवन उच्चै ठकुरीले जानकारी दिनुभयो । यस कार्यक्रमले महाशिला गाउँपालिका भित्र रहेका विपन्न वर्ग प्रत्यक्ष लाभान्वित हुने गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलले बताउनु भयो । गाउँपालिकाले यस अघि सुत्केरी भेटघाट कार्यक्रम पनि सुरु गरेको थियो ।

You might also like More from author

Comments are closed.