मृगौला पिडित महिलालाई महाशिला गा.पा वडा नं.६ को पहलमा संकलित ५ लाख १ हजार ५५ रुपैया सहयोग

पर्वत । दुबै मृगौला फेल भएर पिडित बनेकी यहाँकी एक महिलालाई आर्थिक सहयोग गरिएको छ । पर्वतको महाशिला गाउँपालिका वडा नं. १ अर्गाउदीकी पिडित महिला सुनसरी सुनारलाइ  माइतिघर महाशिला गाउँपालिका वडा न.६ फलामखानीका वडा अध्यक्ष राम बहादुर सुनारको संयोजकत्वमा गठित समितिले “सुनसरी सुनार बचाउ अभियान” अन्तरगत देश तथा विदेशमा रहेका नेपालीहरुबाट संकलित रकम रु पाच लाख एक हजार पच्पन्न रुपैया “सुनसरी सुनार बचाउ अभियान”का मुख्य अभियान्त लेककाजी गुरुङ, गाउँपालिका अध्यक्ष राजु प्रसाद पौडेल, जिल्ला समन्वय समिति पर्वतका सदस्य बिष्णु राम बि.क, वडा नं.५ का वडा अध्यक्ष जीवन उच्चै ठकुरी, वडा नं. १ का वडा अध्यक्ष ईश्वरी प्रसाद भुषाल लगायत समिति सदस्य, जनप्रतिनिधि टोल अध्यक्ष लगाएतको रोहबरमा बुधबार एक कार्यक्रमका विच पिडितका परिवारलाई हस्तान्तरण गरिएको हो ।
सुनारको अहिले बुटवलमा रहेको गौतम बुद्ध मुटु अस्पातलमा उपचार भैरहेको छ । विपन्न परिवारकी उनि अहिले साताको एकपटक डायलसिस गर्दै जीवन गुजारा गरिरहेकी छिन् । सन्तानकी आमा बनिसकेकी सुनसरीको परिवारले उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गरेपछि उक्त सहयोग रकम जुटाएर पिडित परिवारलाई हस्तान्तरण गरिएको वडा अध्यक्ष राम बहादुर सुनारले जानकारी दिनुभयो । पिडित सुनारका श्रीमान जस बहादुर सुनारले घरमा पर्याप्त सम्पत्तिको अभाब र आफु समेत बेरोजगार भएकाले उपचारका लागि निकै समस्या भएको गुनासो गर्नुभएको छ । विभिन्न सहयोगी मन, संघसस्था, लगायतले “सुनसरी सुनार बचाउ अभियान” नै संचालन गरेर रकम संकलन गरिहेका छन ।।

You might also like More from author

Comments are closed.