महाशिला गाउँपालिकाका सबै घरमा रोग प्रतिरोधात्मक औषधि बितरण गरिँदै

पर्वत । जिल्लाको महाशिला गाउँपालिकाले विभिन्न रोगबाट जोगाउने रोग प्रतिरोधात्मक औषधि बितरण गरेको छ । सबै वडाका प्रत्येक घरमा औषधि बितरण गर्नेगरी अभियानको थालनी गरिएको हो । महाशिला गाउँपालिका वडा न ४ पाखापानी निवासी किरण होमियो फार्मेसी रामबजार पोखराका संचालक किरण गुरुङ को सहयोग मिलन फाउन्डेसन नेपाल र पाइला फिल्मस प्रा. लि को ब्यानरमा निर्मित गुरुङ चलचित्र ङहेल्स्यो ( सैना ) युनिटको सहकार्यमा गाउँपालिकाका अध्यक्ष राजु प्रसाद पौडेलले महाशिला गाउँपालिका ३ बालाकोटका वडा अध्यक्ष रोशन गुरुङ साथै स्थानीय महिला स्वास्थ स्वयंसेविकाहरुलाई औषधि हस्तान्तरण गरि अभियानको शुभारम्भ गर्नुभएको महाशिला गाउँपालिकाका प्रवक्ता एवं वडा नं ५ का वडा अध्यक्ष जिवन उच्चै ठकुरीले जानकारी दिनुभयो । कोरोना लगायत महामारीका रोगबाट बचाउन आर्शेनिक एएलबी ३० नामक होमियोप्याथिक औषधि वितरण गरिएको हो । यसले कुनै साइड इफेक्ट नगर्ने र रोगसंग लड्न सक्ने क्षमता बढाउने बताइएको छ । विभिन्न सामाजिक संघसंस्थाको सहयोगमा करिब ४ लाख रुपियाँ बराबरको औषधि उपलब्ध गराइएको गाउँपालिका प्रमुख पौडेलले जानकारी दिनुभयो । हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका उपप्रमुख हिरा कुमारी राना, प्रमुख प्रशासकिय अधिकृत बुद्दीराम उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।

You might also like More from author

Comments are closed.