पर्वत जिल्लामा १३ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ८५ पुग्यो

पर्वत, असार १५/ पर्वत जिल्लामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान र क्षेत्रिय क्षयरोग केन्द्रमा गरिएको परिक्षणमा एक जना स्वास्थ्यकर्मी सहित थप १३ कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि भएका पर्वत अस्थायी अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मी रहेका छन भने १२ जना भारतबाट आएर क्वारेन्टाईनमा रहेका ब्यक्ति छन ।
यो संगै पर्वतमा संक्रमितको संख्या ८५ पुगेको छ । संक्रमित मध्ये १९ जना संक्रमित निको भएर घर फर्केका छन । संक्रमितलाई अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा लैजाने तयारी भैरहेको स्वास्थ्य कार्यालय पर्वतका प्रबक्ता तथा तथ्याँक अधिकृत प्रबिण भण्डारीले जानकारी दिनुभयो ।

You might also like More from author

Comments are closed.