पर्वतको महाशीलामा पनि भित्रिए सलह किरा

पर्वत- भारतवाट नेपालका तराई क्षेत्र हुँदै प्रवेश गरेका सलह किराको हुल पर्वतमा पनि आईपुगेको छ ।
पर्वतको महाशीला गाउँपालिकामा आज विहान सलह किराले बाली खाइरहेको अवस्थामा भेटिएको हो । सलह जस्तो किरा देखेर किसानले खबर गरेपछि पुगेको जनप्रतिनिधि कृषि प्राविधिकको टोलीले निरिक्षण गर्दा महाशिला वडा न ५ स्थित कुसुनडाँडा पोखरचौर, र आरुचौर क्षेत्रमा करिब १ हजार भन्दा बढीको संख्यामा सलह किरा भेटिएको महाशीला गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले जानकारी दिनुभयो । उहाँका अनुसार सलहले मकैको बोट लगायत धान र कोदोको बिउ खाइरहेको अवस्थमा भेटिएका थिए ।


यता किसानहरुले गाउँ गाउँवाट सलह भित्रिएको भन्दै खबर गरेको बताउँदै के कति संख्यामा र कुन कुन ठाउँमा प्रवेश गर्‍यो भन्ने बारेमा अध्ययन भैरहेको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मीले बताउनुभयो ।
यता कृषि ज्ञान केन्द्र पर्वतले पर्वतमा जतिवेला सुकै पनि सलह किरा प्रवेश गरेर नोक्सान पुर्‍याउन सक्ने भन्दै सचेत हुन कृषक र प्राविधिकहरुलाई आग्रह गरेको छ । प्राविधिकहरुलार्ई चनाखो भएर बस्न समेत कार्यालयले आग्रह गरेको छ ।

You might also like More from author

Comments are closed.