तरुणदल सभापति :श्रीषले गरे सीमामा अलपत्र परेका जैमिनिका नागरिकको उद्दार

रोजगार को क्रममा भारत गएका र फर्किएर सुनौली नाका नेपालको सिमानामा अलपत्र परेर बसेका नेपालि हरुलाई, नेपाल तरुण दल बाग्लुङ क्षेत्र नं १ का सभापती तथा हिल साइड निर्माण सेवाका प्रोपाइटर युवानेता दल बहादुर श्रीस रानाले उद्दार गरेका छन् । जैमिनी नगरपालिका १० का ६ जना र जैमिनी ५ का २ जना गरि ८ जनाको उद्दार गरिएको हो ,उनीहरु सिमा नाकामा आयर अलपत्र परेको र आफु लाइ सम्पर्क गरे पछि उनीहरु जैमिनी सम्म आउने बातारबरण मिलाउदै सबैको आउने बस भाडा ,खाजा, खाना सबै आफ्नो व्यक्तिगत खर्चमा उद्दार गरेको अध्यक्ष श्रीषको भनाइ छ । हाल उनीहरु आफ्नै वार्डको क्वारेन्टाइनमा बसेका छन् ।
विपदको बेलामा सबै भन्दा ठुलो कुरा मानबियता भयकोले अफ्ठ्यारोमा परेकोलाई सहयोग गर्नु नै आफ्नो मूल धर्म भयको अध्यक्ष श्रीष रानाको भनाइ छ ,यो बेला कुनै जात ,धर्म,पार्टी नभनी सबैले दिन दुखिलाई सहयोग गर्न समेत उनले अपिल गरेका छन् । यस अगाडी पनि श्रीष रानाले आफ्नो व्यक्तिगत खर्चमा जैमिनिका बिभिन्न वार्डमा बिपन्न लाइ राहात वितरण गरेका थिय ।

Seen 9:01 AM

Chat Conversation End

You might also like More from author

Comments are closed.