महाशीला गाउँपालिकाको आठौ गाउँसभाबाट बजेट, नीति तथा कार्यक्रम पारित,आगामी वर्षको बजेट झण्डै साढे ३४ करोड

पर्वत –  पर्वतको महाशीला गाउँपालिकाको आठौ गाउँसभा सम्पन्न भएको छ ।
मंगवार सम्पन्न आठौ गाउँसभाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ । आगामी आर्थिक वर्षका लागि झण्डै रु.साढे ३४ करोड बराबरको बजेट सार्वजनिक गरेको हो । रु.३४ करोड, ४० लाख १८ हजार २२३ रुपैया बराबरको बजेट ल्याएको हो । जस मध्ये चालु खर्चमा राजश्व बाँडफाँड र अन्तरिक आयवाट समेत रु. २ करोड ८४ लाख ३५ हजार ५७, ससर्त तर्फ संघीय सरकारको तोकिएको कार्यक्रममा रु.१५ करोड, ५८ लाख २० हजार, संघीय सरकार समपुरक अनुदान तर्फ रु. १ करोड ३६ लाख, संघीय सरकारको विशेष अनुदान रु. १ करोड २० लाख, शसर्त अनुदान प्रदेश सरकारको रु रु. ५० लाख रहेको छ ।
त्यसैगरी सामाजिक सुरक्षाको रकम अन्तर सरकारी अख्तियारी मार्फत व्यवस्था गरिएको छ । पुँजीगत खर्च, कार्यक्रम खर्च र विकास खर्च तर्फ रु. ११ करोड ४१ लाख ६२ हजार बिनीयोजन गरिएको छ । त्यस्तै विषयगत मन्त्रालय र विभागवाट प्राप्त हुने रकम सहित रु.३४ लाख ४० हजार १८ हजार २२३ रुपैयाको बजेट प्रस्तुत गरिएको गाउँपालिकाका अध्यक्ष राजु प्रसुाद पौडेले जानकारी दिनुभयो ।
गाउँपालिकाले आगामी आर्थिक वर्षमा खर्च व्यहोर्ने स्रोतमा संघीय सरकारवाट वित्तिय समानीकरण अनुदानमा रु.६ करोड ७२ लाख, ससर्त अनुदान चालु तर्फ रु. १५ करोड ५८ लाख २० हजार, राजश्व वाँडफाँडवाट रु. ४ करोड ३९ लाख ३ हजार २ सय २३ र समपुरक अनुदान रु. १ करोड ३६ लाख र विशेष अनुदान रु. १ करोड २० लाख र प्रदेश सरकारवाट वित्तिय समानीकरण तर्फ रु. १ करोड २० लाख ३९ हजार, र राजश्व वाँडफाँडवाट रु. १५ लाख ७६ हजार र ससर्त अनुदान पुँजीगत तर्फ रु. ५० लाख र विशेष अनुदान रु. ५० लाख प्राप्त हुने प्रक्षेपण गरेको छ ।

त्यस्तै गाउँपालिकाले आगामी आर्थिक वर्षमा आन्तरिक राजश्व ६० लाख ८० हजार रुपैया संकलन हुने अनुमान समेत गरेको छ । त्यसैगरी यस वर्ष खर्च नभई बाँकी रहेको अनुमानित रु. १ करोड १८ लाख रुपैया र संस्कृति तथा पर्यटन मन्त्रालय र अन्य निकाययवाट रु. १ करोड आगामी बर्षका लागि बजेट व्यवस्थापन गरिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
महाशीलाले आगामी वर्ष पूर्वाधारको क्षेत्रमा रु.६ करोड ३८ लाख १ हजार ५ सय बिनीयोजन गरेको छ भने वन वातावरण तथा विपद व्यवस्थापन तर्फ रु. ३० लाख ८७ हजार रुपैया बिनीयोजन गरेको छ । त्यसैगरी संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ झण्डै रु. १६ लाख रुपैया बिनीयोजन गरेको छ । त्यस्तैगरी सामाजिक विकास क्षेत्रतर्फ रु. १ करोड ५३ लाख ८१ हजार, महाशीलाको सरोकार एक घर एक रोजगार कार्यक्रमका लागि रु.१ करोड १८ लाख रुपैया बिनीयोजन गरेको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा बिनीयोजित बजेटको चालु खर्चको ६४ दशमलब ९० प्रतिशत र पुँजीगत तर्फ ५४ दशमलब ९६ प्रतिशत रकम खर्च गरेको छ । त्यस्तै शसर्त अनुदानको ८७ दशमलब ७७ प्रतिशत र सामाजिक सुरक्षा कार्यक्रमको ८१ दशमलब ८८ प्रतिशत प्रगति गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा झण्डै रु.१७ लाख राजश्व संकलन हुने जनाएको छ ।
त्यसैगरी गाउँपालिकाले हिजै निति तथा कार्यक्रम पनि पारित गरेको छ । गाउँसभाले विगत तीन वर्षको कार्यकालको समिक्षा गर्दै आगामी आर्थिक वर्षका लागि स्वास्थ्य, शिक्षा, रोजगारी, खानेपानी, सिंचाई, रोजगारी र कृषि क्षेत्रलाई प्राथमिकीकरणमा जोड दिएको छ ।
आगामी वर्षको बजेट समग्र गाउँपालिकाको एकीकृत विकासमा केन्द्रीत रहेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
लुंखुदेउरालीको सभाहलमा भएको कार्यक्रममा उपाध्यक्ष हिरादेवी रानाले बजेट र अध्यक्ष पौडेलले निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

You might also like More from author

Comments are closed.