महाशिला गाउँपालिकामा स्वर्गीय कृष्ण गोपाल गुरुङको स्मृतिमा अक्षय कोष स्थापना ।

पर्वत । गत बर्ष जिप दुर्घटनामा निधन भएका महाशिला गाउँपालिका ३ बालारानी माध्यमिक विद्यालयका शिक्षक सामाजिक अभियान्त स्वर्गिय कृष्ण गोपाल गुरुङको स्मृतिमा कृष्ण गोपाल गुरुङ स्मृति अक्षय कोष स्थापना भएको छ । सोमबार गुरुङको पहिलो स्मृतिमा उहाँको घरको संयोजनमा परिबारको तर्फबाट रु २ लाख ५ हजार र स्थानीय शुभेच्छुक ब्यक्तिहरुबाट रु ८६ हजार ७ सय ७५, महाशिला गाउँपालिकाको तर्फबाट रु १ लाख गरि कुल ३ लाख ९१ हजार ७ सय ७५ रुपैया बराबरको अक्षय कोष स्थापना गरिएको महाशिला गाउँपालिका प्रवक्ता एवं वडा न. ५ का अध्यक्ष जिवन उच्चै ठकुरीले जानकारी दिनुभयो । कोषबाट महाशिला गाउँपालिकाका बिपन्न जेहेन्दार विद्यार्थी हरुलाइ छात्रवृत्ति प्रदान गरिनेछ । अक्षय कोष ब्यबस्थापनको लागि गुरुङका दाजु श्याम बहादुर गुरुङ को संयोजक रहेको ९ सदस्य समिति गठन गरिएको छ भने स्वर्गीय गुरुङकी श्रीमती आशा गुरुङ संरक्षक रहनुभएको छ ।
गत बर्ष बिधालय र खेल मैदान निर्माणको कामको शिलशिलामा खंखु देउराली बाट घर बालाकोट जादै गर्दा जिप दुर्घटनामा परि गुरुङको मृत्यू भएको थियो ।

You might also like More from author

Comments are closed.