पर्वतका ९ जना संक्रमीतको स्वास्थ्य अवस्था सामान्य :रेडियो कुशुम

जिल्लाका ९ जना संक्रमीतको स्वास्थ्य अवस्था सामान्य रहेको छ । पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार उनीहरु सवैको स्वास्थ्य अवस्था सामान्य रहेको हो । जिल्लामा पहिलो पल्ट ५ जना र दोस्रो पटक ४ जना गरी कुल ९ जनालाई संक्रमण पुष्टि भएको थियो । उनीहरु सवै भारतबाट आएका हुन ।

भारतबाट आइ कुश्माका विभिन्न क्वारेन्टाइनमा बसेकाहरुको स्वाब परिक्षण गर्दा पोजेटिभ देखिए पछि उनीहरुलाई उपचारका लागि पर्वत कोरोना अस्पतालमा भर्ना गरिएको छ । भर्ना गरिएका कसैमा पनि कोरोना संक्रमणको हालसम्म समस्या नदेखिएको डा. देवकोटाले जानकारी दिए । ‘उहाँहरु सवैको अवस्था सामान्य छ’ डा. देवकोटा भन्छन्–‘२ जना विशेषज्ञ डा. सहितको स्वास्थ्यकर्मी टोली अस्पतालमा २४ सै घण्टा तयार छ ।’ दिनको कम्तिमा १ पटक स्वास्थ्यकर्मीले उनीहरुको जाँच गरीरहेको डा. देवकोटाले बताए । ‘उहाँ सवै अहिलेसम्म सकुशल हुनुुहुन्छ ।’

डा. देवकोटाले आफैले पनि भर्ना भएका संक्रमीतहरुको स्वास्थ्य अवस्थाको बारेमा प्रत्येक ४ घण्टामा जानकारी लिइरहेको बताए । कोरोना संक्रमीतमा हुने जटिल कुनै समस्या नदेखिए पनि उनीहरुको स्वास्थ्यकर्मीले निरन्तर निगरानी गरीरहेका छन् । कोरोना अस्थायी अस्पतालमा ५ जना स्वास्थ्यकर्मीको समूह उपचारमा खटिएको छ । १ हप्तामा एउटा स्वास्थ्यकर्मीको समूह उपचारमा खटिने गरी रोटेसन मिलाइएको डा. देवकोटाले जानकारी दिए । उनले कोरोना अस्पतालमा खटिने डाक्टरको समूह १ हप्ता होटलको क्वारेन्टाइनमा बसेपछि पिसिआर जाँच गरिने र रिर्पोट नेगेटिभ आएमा मात्र जिल्ला अस्पतालको काममा फर्किने गरी ब्यवस्थापन मिल्याइएको बताए ।

नियमित जस्तै खानपान गरीरहेका संक्रमीतहरुमा तत्काल जटिल अवस्था देखिए आइसियू वा भेन्टिलेटर चाहिने भएमा भने पोखरा रिफर गरिने डा. देवकोटा बताउँछन् । ५ बेडको आइसियू र भेन्टिलेटर पर्वत जिल्ला अस्पतालमा केहि दिनमै तयार गर्ने गरी प्रदेश सरकारले निर्णय गरेकोले त्यो अवधि पूर्व समस्या देखिदा विरामीलाई रिफर गर्नुपर्ने अवस्था रहेको डा. देवकोटा बताए ।

सरकारले संक्रमीत धेरै हुँदा अस्पतालबाट रिफर गर्ने कार्यविधि बनाए पनि त्यो कार्यविधि पर्वतमा तत्काल लागू नगर्ने डा. देवकोटाको भनाई छ । संक्रमीतलाई समुदायमा पठाउँदा संक्रमण फैलने हुँदा पर्वतमा सवै संक्रमीतको जिल्लामै उपचार गर्ने ब्यवस्था मिलाइनु पर्ने उनको भनाइ छ ।

अत्याधिक संख्या संक्रमीत भएर वेड अभाव हुँदा त्यो बेला वैकल्पिक उपाय खोज्नुपर्ने भए पनि पर्वत सानो जिल्ला भएका कारण सरदमुकाममा त्यसको ब्यवस्थापन गर्न सकिने डा. देवकोटाको भनाई छ । पिसिआर विना कसैलाई पनि गाउँमा नपठाउने नीति पर्वतमा कडाईका साथ पालना गरिने बताँउदै उनले हाल संक्रमीत रहेकाहरुलाई प्रोटोगलका आधारमा उपचार गरिने बताए ।

अहिले महाशिला गाउँपालिकाका ३ जना, फलेवास नगरपालिकाका ४ जना र विहादी गाउँपालिकका २ जना संक्रमीत उपचाररत छन् ।

You might also like More from author

Comments are closed.