BREAKING- पर्वतमा भेटिए ५ जना कोरोना संक्रमीत

२० जेठ, पर्वत । कोरोना भाइरस संक्रमीत ५ जना विरामी पर्वतमा भेटिएका छन । भारतबाट आइ क्वारेन्टाइनमा बसेका ५ नामा संक्रमण पुष्टि भएको पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिए ।

थ्रोड स्वाब संकलन गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका प्रयोशालामा परिक्षण गरिएकोमा पर्वत जिल्लाका ५ जनामा कोरोना भाइरसको पोजेटिभ देखिएको हो ।

उनीहरुलाई क्वारेन्टाइनबाट आइशोलेसन तर्फ सार्न लागिएको डा. देवकोटाले जानकारी दिए ।

पछिल्लो पल्ट ३९ जनाको स्वाब परिक्षण गरिएकोमा ५ जनामा पोजेटिभ देखिएको हो । उनीहरु १९ देखि ४० बर्ष उमेर समुहका छन् । (विस्तृत विवरण केहि बेरपछि)

You might also like More from author

Comments are closed.