महाशिला गाउँपालिका राष्ट्रिय सडक सञ्जालसंग जोडिए संगै, स्थानिय हर्सित, बिकासले फडको मार्ने आशा

पर्वत । पर्वतको दक्षिणमा रहेको महाशिला गाउँपालिका राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । नेपालकै पर्यटकीय राजधानी पोखराबाट डाँडैडाडा पर्वतको सेतीबेणी हुँदै अर्को पर्यटकीय गन्तब्य रिडी सम्म पुग्ने पोखरा रिडी सडक लागि सरकारले बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक बर्ष २०७७÷०७८ को बजेट मन्तब्यमा पोखराबाट – पामे– भदौरे– राम्जा–आर्थर–कार्किनेटा–लुंखु–त्रिबेणी–सेतीबेणी– रिडी सडकका लागि बजेट बिनियोजन गरिएको बताउनुभएको छ । पोखराबाट उत्कृष्ट पर्यटकीय गन्तब्यमा परेका पर्वतका पञ्चासे, महाशिला, सेतीबेणी हुँदै रिडी सम्मको सडक राष्ट्रिय राजमार्गमा परेपछि डाँडैडाडा सेतीबेणी देखि पोखरा सम्म पक्की सडकमा पुग्ने पर्वतबासीको चाहनाले मुर्तरुप लिने भएको छ । यस्तै महाशिला गाउँपालिका राष्ट्रिय सडक सञ्जालमा जोडिए संगै स्थानिय बासी हर्सित भएका छन । धार्मिक र पर्यटकिय हिसाबले २ प्रदेशलाई जोडन योगदान दिने महत्वको उक्त सडक निर्माणले प्राकृतिक विविधताले भरिपूर्ण महाशिला क्षेत्रको विकासमा कायपलट ल्याउने विश्वास गरिएको छ । सडक निर्माणसँगै यस क्षेत्रमा उत्पादन हुने विभिन्न चिजवस्तु बिक्रीवितरणका लागि आवश्यक बजार पाउने हुँदा स्थानीयवासीको जीवनस्तरमा सुधार ल्याउन योगदान पुग्ने महाशिला गाउँपालिका वडा न.५ का अध्यक्ष एवं प्रवक्ता जिवन उच्चै ठकुरीले बताउनुभयो । उच्चैले स्रोतसाधनको हिसाबले महाशिला गाउँपालिका अथाह सम्भावना बोकेको स्वर्ग भएको हुँदा सो सडक निर्माणपछि विकट र गरीबीको परिचय बदलिने आशा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो । सडकले महाशिला गाउँपालिकाको ६ वटा वडा लाई छुनेछ हाम्रो बिकास र समृद्धि को लागि बलियो निकास हुनेछ र हामी फराकिलो रोड कनेक्टिभिटिमा जोडीन सफल भएका छौ । सडक निर्माणको लागि बजेट बिनियोन भएको थाह पाएपछि । स्थानिय गंगा बहादुर बिश्वकर्मा भन्नुहुन्छ । हामीलाई एकदमै खुशी लागेको छ, सडक निर्माण पश्चात हामीले उत्पादन गरेका चिजबस्तुले सजिलै बजार पाउने छन् आयत निर्यातमा सहज हुनेछ । हाम्रो पनि अब जिवन फेरीएला जस्तो छ । बहुर्षिय ठेक्का मार्फत निर्माण हुने सडकको अहिले सम्म पर्वत र कास्की खण्डको सबैजसो भागमा ट्रयाक खोल्ने काम भैसकेको छ । अब सडक कालोपत्रे र बिस्तार हुने भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले रिडी देखि पोखरा सम्म दुई प्रदेश जोड्ने राष्ट्रिय राजमार्ग निर्माणको काम गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गर्दै आउनु भएको थियो । २०७० सालको संबिधानसभा निर्वाचनमा समेत अध्यक्ष तिमिल्सिना पर्वतबाट उमेदवार हुँदा उक्त सडक पहिलो प्राथमिकतामा राखेर प्रतिबद्धतापत्र प्रकाशित गर्नुभएको थियो भने राष्ट्रिय सभा अध्यक्ष भएपछि गृह जिल्ला आउँदा यो सडक राष्ट्रिय राजमार्गको रुपमा बिकास गर्ने बताउँदै आउनुभएको थियो । डाँडैडाडा सेतीबेणी देखि पोखरा जोड्ने सडक निर्माण गर्ने मेरो २० बर्ष पुरानो योजना भएकोले कालोपत्रे सडकमा सरर सेतीबेणी पोखरा पु¥याउने योजनाले मुर्त रुप दिने वाचा जिल्लाबासीलाई गर्नुभएको थियो । गुल्मीको रिडी देखि पर्वतको सेतीबेणी देखि पोखरा सम्मको सडक निर्माणका लागि राष्ट्रिय योजनामा गत बर्ष पनि परेको थियो । सेतीबेणी देखि पोखरा सम्म डाँडैडाडा सडक बनाउँदा पुल बनाउन नपर्ने र रिडी, शालिग्राम, महाशिला, डहरे, पञ्चासे र पोखरा जस्ता धार्मिक र पर्यटकीय क्षेत्र समेत पक्की सडक सञ्जालमा जोडिने भएकाले यसलाई पर्यटकीय सडकको रुपमा समेत बिकास गर्न सकिने छ । पर्वतको सुदुर दक्षिणबाट मध्यभाग हुँदै उत्तरपुर्बी क्षेत्र जोडने सडक पर्वतको मेरुदण्ड समेत बन्ने छ ।

You might also like More from author

Comments are closed.