पर्वतको महाशीलामा विदेशमा रहेका र फर्केका नागरिकको सहयोगका लागि हेल्प डेस्क स्थापना

पर्वत– पर्वतको महाशिला गाउँपालिकामा भारत लगायत तेस्रो मुलुकवाट आउने नागरिकहरुको सहयोगका लागि हेल्प डेस्क गठन गरिएको छ ।
भारत लगायत तेस्रो मुलुकमा रहेका गाउँपालिकावासी आम नागरिकहरुलाइ सम्पर्क समन्वय र सहयोगको लागी गाउँपालिकाका प्रबक्ता जीवन बिक्रम उचैको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलको निर्देशनमा कार्यपालिकाका कर्मचारी प्रशासन अधिकृत लक्ष्मण शर्मा र स्वास्थ संयोजक नरबहादुर बराल सदस्य रहेकोे हेल्प डेस्क गठन गरिएको संयोजक एवम् प्रवक्ता उच्चैले जानकारी दिनुभयो ।
उक्त हेल्प डेस्कले बिदेश बाट आउने नागरिकको स्वाब संकलन गरि परिक्षण गरेर मात्रै गाउँपालिकामा ल्याउने ब्यबस्थापन गरेको छ । जसको लागि लक्ष्मण शर्मा र नर बहादुर बराल, एम्बुलेन्स र चालक प्रकाश हमाल नियमित सम्पर्कमा रहने व्यवस्था गरिएको उच्चैले बताउनुभयो । विदेशवाट आएका नागरिकहरु लाई गाउँपालिका सम्म ल्याउने तथा पिसिआर गरिने ब्यबथापन गरिने भएको छ भने उनिहरुलाई अनिवार्य १४ दिन होम वा सामुदायिक क्वारेन्टाइन राखिने व्यवस्था कडाईका साथ लागु गरिने भएको छ ।
हाल तत्कालीन परिस्थितिमा विशेष गरि भारत बाट फर्किएका नागरिक हरुलाइ एम्बुलेन्स बाट ल्याउने ब्यबस्थापन गरिएको छ । हेल्प डेस्कले कोहि समस्यामा परेमा वा विदेशमा वा भारतीय सिमा नाकामा अलपत्र परेमा समेत सम्पर्क गर्न आग्रह गरेको छ । जसका लागि प्रवक्ता जीवन विक्रम उच्चै, प्रशासन अधिकृत लक्ष्मण शर्मा र स्वास्थ्य संयोजकको मोवाईल नम्वरमा सम्पर्क गर्न आग्रह गरिएको छ । उहाँहरुको सम्पर्क नम्वर क्रमश ९८५७६३४८१६, ९८५७६४४१११ र ९८५७६७५२११ मा सम्पर्क गर्न सकिने भएको छ ।

You might also like More from author

Comments are closed.