तरुणदल सभापति :श्रीष राहात बोकेर गरिबको घरमा ,राङ्खानि र बिनामारेका बिपन्न लाई राहात वितरण

कोरोनाको महामारी फैलिन नदिनको लागि नेपाल सरकारले गरेको लक्डाउनको कारण चुलो बल्न नसकेका परिवार हरुको लागि तरुण दलका नेताले राहात बोकेर घर घरमा पुगेका छन् ।सामाजिक दुरि कायम राख्दै नेपाल तरुण दल बाग्लुङ क्षेत्र नं १ का सभापती तथा हिल साइड निर्माण सेवाका प्रोपाइटर युवानेता दल बहादुर श्रीस रानाले जैमिनी नगर पालिका बिनामारे ५ माझि गाउँ बोटे टोल का बिपन्न बर्गका प्रत्यक घर परिवार लाई राहात वितरण गर्नु भयको हो ।

नेता श्रीषले आफ्नो व्यक्तिगत खर्चमा गरिब बिपन्न हरुलाई रान्खानी र बिनामारेमा पुगेर राहत वितरण गर्नु भयको हो । ३० के जि चामल १ के जि दाल १ पोका तेल १ केजि नुन र १ थान हात धुने साबुन हस्तान्तरण गर्दै नेता श्रीषले यो विषम परिस्थितिमा न आतिनु हुन र आफ्नो ख्याल गर्न अनुरोध गर्दै कसैलाई अफ्ठ्यारो परेमा आफुलाई सम्झिन समेत आग्रह गर्नु भयो । कांग्रेश युबा नेता श्रीषले यस अगाडी पनि जैमिनी १० राङ्खानिका २२ घर धुरीलाई राहात बितरण गरिसक्नु भयको छ ।

You might also like More from author

Comments are closed.