जिल्ला भित्र्नेको संख्या बढेपछि कुश्माका होटललाई क्वारेन्टाइन बनाईने

जिल्लामा भित्रनेहरुको संख्या एकाएक बढ्न थालेपछि हाल निर्माण गरिएका सामुदायिक क्वारेन्टाइनहरुमा वेडको संख्या अपुग हुने भएको छ । जिल्ला भर कुल ३ सय ७५ वेड क्षमताका क्वारेन्टाइन भएको बताई पनि ति क्वारेन्टाइनहरु जिल्लाका विभिन्न वडाहरुमा छन् ।सिधै सदरमुकाम आउनेहरुलाई विभिन्न वडामा सिधै पठाउँदा संक्रमणको जोखिम हुने भएका कारण जिल्ला कमाण्ड पोष्टको निर्णय अनुसार होटलहरुलाई पनि क्वारेन्टाइन बनाउन लागिएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको भनाई छ ।

लक डाउनका कारण सवै होटलहरु बन्द भएका छन् । ति होटलहरुमा सुरक्षणका सावधानी अपनाएर भारत र अन्य मुलुकबाट आउनेलाई राखिनेछ । पर्वत अस्पतालका डा. शिशिर देवकोटाका अनुसार होटल सञ्चालक र कर्मचारीलाई सुरक्षाका विषयमा अनुशिक्षण समेत दिईनेछ । होटलका क्वारेन्टाइनमा बसेकाहरुलाई परिक्षण पछि भने संक्रमण नभेटिएमा सम्बन्धित वडाको क्वोन्टाइनमा पठाइने डा. देवकोटाले जानकारी दिए ।भारतबाट मात्रै अवका केहि सातामा झण्डै ७ सय देखि ८ सय को संख्यामा मानिसहरु पर्वत आउने अनुमान गरिएको डा. देवकोटा बताउँछन् । उनीहरुलाई राख्नका लागि सामुदायिक क्वारेन्टाइनमा पूर्वाधारको पनि अभाव छ भने वेड संख्याको पनि अभाव छ । धेरै मानिस एकै पटक आउँदा उनीहरुको ब्यवस्थापनमा चुनौति देखिनेछ । पहिलो चरणमा राजमार्गका होटलहरु प्रयोग गरिने र संख्या बढेमा बजार भित्रका होटलहरु पनि प्रयोग गर्ने गरी जिल्ला कमाण्ड पोष्टले तयारी गरीरहेको छ ।पर्वतमा शनिवार मात्रै एकै पटक २४ जना मानिस पर्वत भित्रिएका छन् । उनीहरु सवैलाई शिवालय माविको क्वारेन्टाइनमा राखिएको प्रहरी कार्यालयले जनाएको छ ।

You might also like More from author

Comments are closed.