पर्वतको महाशिला ६ फलमखानीमा घरधुरी सर्भेक्षण, १ सय ४७ बाह्य मुलुकमा

पर्वत– पर्वतको महाशिला गाउँपालिका वडा नं. ६ फलमखानीमा घरधुरी सर्भेक्षण कार्यक्रम सम्पन्न भएको छ । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना संक्रमण न्यूनिकरणका लागि सरकारले गरेको लामो समयको लक डाउनका बीचमा वडाका नागरिकहरुको वास्तविक अवस्थाको बारेमा जानकारी लिनका लागि घरधुरी सर्बेक्षण वडा अध्यक्ष राम सुनारले जानकारी दिनुभयो । जस अनुसार हाल वैदेशिक रोजगारीको शिलशिलामा १ सय ८९ जना नागरिक विभिन्न मुलुकहरुमा रहेको पाईएको छ । र उनिहरु सवै हालसम्म सुरक्षित रहको परिवारहरुले जनाएका छन् । उनिहरुलाई वडा कार्यालयले निरन्तर सम्पर्कमा ल्याउन परिबार सँग समन्वय गरिरेहेको छ कुनै समस्या परेमा तुरुन्तै वडा कार्यलयमा जानकारी गराउन समेत वडाले आग्रह गरेको छ ।महाशीला ६ फलमखानी स्थायी घर भएकाहरु भारतमा ९५, कत्तारमा २१, दुबैमा १७, साउदीमा ५, मलेशियामा ५, कुवेतमा २, जापानमा १ र बहराइनमा १ जना रहेको तथ्यांक निस्किएको छ । उनीहरुलाइ अन्तर्रा्ष्ट्रिय उडान खुल्ने बित्तिकै घर आउन चाहनेहरुलाइ २१ दिन क्वारेन्टाइनमा राखिने पनि अध्यक्ष सुनारले बताउनुभयो ।

You might also like More from author

Comments are closed.