पर्बतका यी नागरिक भन्छन -रोगले भन्दानी भोकले मर्ने भयौं, भोकै मरेनी नेपालमै मर्न पाउँ’

निर्मल पौडेल/ पर्वत, २१ वैशाख। ‘अन्तिम स्वास नेपालमै फेर्न चाहन्छौँ, यहाँ हामी जीवन र मरणको दोसाँधमा भोकमरी अभाव र बढ्दो त्रासको भुमरीमा महिना दिनदेखि एक छाक भुजा र बाथरुमको पानी खाएर परान धानेका छौँ, हामीसँग अब परान धान्ने न भुजा छ न अन्य कुनै खानेकुरा न त साथमा पैसा नै। कृपया हामीलाई नेपाल फर्किने व्यवस्था गरिदेऊ सरकार।’

यो बोली पर्वतको कुश्मा नगरपालिका १० पिपलटारी घर भई रोजगारीको शिलशिलामा भारतको राजधानी नयाँ दिल्लीको फिलहाल भन्ने ठाउँको रोजुरी गार्डेन सकुरपुरमा रहेका नविन कुमारको हो। विश्वभरी महामारीको रुपमा फैलिरहेको नोबेल कोरोना भाइरसस कोभिड-१९ का कारण रोजुरीमा रहँदै आएका कुश्मा र पिपलटारीका ५ दर्जन युवाहरुको प्रतिनिधि बोली हो। रोजगारीको शिलशिलामा भारत गएका पर्वतका ५ दर्जन युवाहरुको यलिवेला कान्तिविजोग भएको छ। भारतको न्यू दिल्लीको रोजुरी भन्ने ठाउँमा विगत १० वर्षदेखि रेष्टुरेन्टको काम गर्दै आएका पर्वतको कुश्मा नगरपालिका १० पिपलटारीका युवाहरु कोरोना कोभिडका कारण ज्यूनु न मर्नुको अवस्थामा छन्। लकडाउनका कारण रेष्टुरेन्टको काम वन्द भएको र खान र बस्नको समस्या भएकाले आफूहरु ज्यूनु न मर्नुको अवस्थामा पुगेको नविन कुमारले बताए। ज्ञादी वितलव घर भएर भारतको फिलहालको इञ्जोरी गार्डेनमा महिना दिन देखी खानु न पिउनुको अवस्थामा रहेकोले नेपाल फर्कने वातावरण सम्वन्धित निकायले मिलाई जीवन रक्षा गरिदिन कुमारले आग्रह गरेका छन्।

उनले बोली पनि पुर्‍याउन नसकी रुँदै भने। ‘हाम्रो निकै बिजोग भएको छ मर्ने अवस्थामा पुगेका छौँ,हामीलाई यहाँ न कुनै खानाको व्यवस्था छ न राम्रोसँग बस्नको। एउटै फ्यालटमा २०-३० जना छौँ, अन्य अरु ठाउँमा, २ महिनादेखि तलब पनि पाएका छैनौँ, यहाँ काम वन्द छ, माग्ने र भन्ने पनि ठाउँ छैन, हामीसँग भएको थोरैधेरै खर्च पनि सकिएको छ, अब हामी अत्यन्तै अन्तिम अस्थामा पुगेका छौँ। हामी मरेपनि आफ्नै देशमा मर्न चाहन्छौं कृपया हामीलाई बचाउनुहोस्। अरु बोली पुर्‍याउन सकेनन्।’ अर्का युवा राजेश नेपालीले भने ‘कति दिनसम्म हामी भोकभोकै यसरी बस्ने, यहाँ रहेपनि केही थिएन पापी पेटभरी साँझबिहान खान र सुत्ने अलिकति व्यवस्था भैदिए त। यस्तै उनले नेपाल फर्कीने व्यवस्था गरिदिन स्थानीय सरकार र जनप्रतिनिधी सवैमा यही समाचारमार्फत् अनुरोध गरेका छन्।

कृपया हामीलाई घर फर्कने व्यवस्था गरिदिनुहोस्, अन्तिम स्वास आफ्नै देशमा फेर्न चाहन्छौँ।’ फर्किने वातावरण मात्र सिर्जना भए लागत रकम घर भित्रिएर दिन्छौँ, न चुल्होमा रासन छ न बस्ने ठाउँ गतिलो, एकैठाउँमा भेडाबाख्रा झैँ महिना दिनदेखि एकछाक पानी र भुजा खाएर बसेका छौँ, भारत सरकारले समेत आफूहरुलाई कुनै वास्ता नगरेको र अहिले सम्म कुनैपनि राहत नपाएको अर्की पीडित माया नेपालीले दुखेसो गरिन्। हामीहरु कसैसँग नि रासन कार्ड समेत छैन,बजारमा समेत केही किन्न पाउँदैनौ, हामी “रोगले भन्दानी भोकले मर्ने भयौँ।’ नेपाली दुतावासले पनि कुनै वास्ता नगरेको मित्र बहादुर नेपालीले बताए।

यस्तै ४ जनाको परिवार भएकी अनिता नेपालीले भनिन् ‘बूढोको कमाईले साँझ बिहानको गुजारा चल्थ्यो, अहिले काम चलेको छैन बिजोग भएको छ, हामीहरु त चिउरा र पानी खाएर जसोतसो परान धान्दाहौँ तर यो २ वर्षको बच्चालाई दुध किन्ने पैसाको समेत अभाव भएको छ, मलिन स्वरमा भनिन् पानी र चिउराले मात्र मेरो आफ्नो दुध पनि कति आओस्, अब बाउको घुँडा चुसाएर भएन सायद नअघाएरै होला रातभर रुन्छ।’

अनिताको ४ जनाको परिवार जस्तै बालबच्चा भएका र ढुक्क टिप्प गरेर गुजारा चलाईरहेका अन्यहरुको पनि स्थिति उस्तै रहेको माया नेपालीले दुखेसो गरिन् ‘हामी यहाँ काम गर्ने गरेको ८-१० वर्ष भएपनि हामीलाई अहिले काम गर्ने कम्पनीले कुनै वास्ता गरेको छैन, मानवियता देखाएर कृपया हामीलाई घरसम्म फर्कने वातावारण मिलाई दिन सरकार र सम्वन्धित निकायलाई विनम्र अनुरोध गर्दछौँ।’ यहाँ हामीलाई भारतीय सरकारले कुनै वास्ता गरेको छैन, न कुनै राहत नै पाएका छौँ, यदी मान्छेमा मानवियता र सरकार छ भने फर्केर देशमै मर्नेछौँ भोकभोकै मर्नै परे अन्तिम स्वास नेपालमै आँफ्नो जन्म गाउ ठाउँमै मर्न चाहन्छौँ। यो अन्तिम बोली उनीहरुको सामूहिक आवाज हो।

You might also like More from author

Comments are closed.