कोरोनाका कारण बिधार्थिहरु लाई समस्या भए हामीलाई सम्पर्क गर्नुस ,नेबिसंघ नेता -शिशिर शर्मा

गुप्तेश्वर वहुमुखी क्याम्पसमा अध्ययन गर्ने विधार्थीहरु लाई कुनै समस्या परे नेविसंघले सहयोग गर्ने भएको छ ।
विश्वभरी महामारिको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ ले निम्त्याएको यो विषम परिस्थितीमा गुप्तेश्वर वहुमुखी क्याम्पसमा अध्ययन गर्ने विधार्थीहरु लाई कुनै पनि समस्या परे नेविसंघले सहयोग गर्ने भएको छ । गुप्तेश्वर वहुमुखी क्याम्पस कुस्मामा उच्च शिक्षा हाँसिल गर्न जिल्लाका विभिन्न ठाउँ र अन्य जिल्लावाट अध्ययन गर्ने गर्न आएका विधार्थीहरु लाई नेपाल सरकारले गरेको लकडाउनका कारण अफ्ठ्ययारोमा परेकाहरु लाई सहयोग गर्ने भएको हो । नेपाल विधार्थी संघ इकाई कार्यसमिती गुप्तेश्वर वहुमुखी क्याम्पसले विधार्थीहरुलाई जुनसुकै अफ्ठ्यारो परिस्थितीमा पनि सहयोग गर्न तयार भएको भन्दै अफ्ठ्यारो महशुस भएकाहरुलाई सम्पर्कमा आउन आग्रह समेत गरेको छ । सोमवार क्यामपस ने वि संघ सभापती शिशिर शर्मा पौडेलले सामाजिक सञ्जाल मार्फत यस्तो अपिल गरेका हुन् ।

You might also like More from author

Comments are closed.