महाशिला ६ का वडा अध्यक्षले गरे निशुल्क माक्स वितरण

पर्वत । महाशिला गाउँपालिका वडा न ६.मा वडा भित्रका बासिन्दाहरुलाई निशुल्क माक्स वितरण गरीएको छ । विश्वव्यापी रुपमा बढ्दै गएको कोभिड १९ को संक्रमणबाट विपन्न, गरिब तथा पछाडि परेका बर्गहरुलाई जोगाउनका लागि माक्स वितरण गरिएको हो । गाउँपालिको सहयोगमा केही थान र आफ्नो तर्फबाट केही थान माक्स वितरण गरिएको वडा अध्यक्ष राम सुनारले बताउनु भयो । सुनारले गाउँमा माक्सको अभाव भएको र पाईहालेमा पनि महङ्गो शुल्क तिर्नुपर्ने बाध्यता रहेको समयमा जनचेतनाको लागि मास्क खरिद गरेर वितरण गरेको बताउनुभयो । मास्क बितरण पछि सुनारले मास्क लगाई सुरक्षित रहन सबैलाई आग्रह गर्नुभयो ।

You might also like More from author

Comments are closed.