कैयाको अग्लोपुल र यान्त्रिक पुलमा हेल्थ डेस्क स्थापना गर्न बनपा १२ अमलाचौरको नगरपालिकालाई अनुरोध

बागलुङ नगरपालिकाबाट बागलुङ प्रवेश गर्ने प्रत्येक नागरिक हरुलाइ कोरोना कोविड-19 को महामारी बिश्वब्यापी फ़ैलिरहेको अवस्थामा चेकजाँच एवं स्वास्थ्य साहायता कक्ष स्थापना गर्ने कार्य भैरहेको बेला बानपा १२ अमलाचौर ले पनि धेरै भिडभाड हुने ठाउमा हेल्थ डेस्क स्थापना गर्न अनुरोध गर्ने निर्णय गरेको छ  ।

शनिबार बानपा १२ अमलाचौरमा वार्ड स्तरिय समन्वय समिति गठन भयको छ ।वार्ड अध्यक्ष गुरुदत पाठकको संयोजकत्वमा १५ सदस्य समिति गठन भयको र उक्त समितिले बलेवा क्षेत्रमा कोरोना भित्रिन नदिनको लागि बलेवा प्रबेसका मुख्यनाक कैयाको अग्लो पुल ,यान्त्रिक पुलमा हेल्थ डेस्क राख्ना नगरपालिका लाइ अनुरोध गर्ने निर्णय गरियो ,वार्डमा सचेतना जगाउना माइकिङ्ग गर्ने ,भिड नगर्ने ,अत्याबस्यक काम बाहेक घरबाहिर ननिस्कन सर्बसाधारण हरुलाई अनुरोध गर्ने ,कोरोना को शंका लागेमा स्वास्थ्य कर्मिको सम्पर्कमा आउने लगायत अन्य निर्णय हरु समेत गरियको वार्ड अध्यक्ष गुरुदत पाठक ले अमलाचौर बाट जानकारी दिनु भयो ।साथै बलेवा क्षेत्रमा कोरोना भाइरस नफ़ैलिनको लागि वार्ड सरकार र सरोकार वालाहरु सचेत रहेको र आम जनतालाई सुसुचित बनाउन निरन्तर लागिरहेको वार्ड सचिब भबिदत पन्तले जानकारी दिनु भयो।

You might also like More from author

Comments are closed.