(कोभिड १९) संक्रमणको जोखिमलाई ध्यान दिदै महाशिला ५ लंखुदेउरालीले गर्यो निशुल्क माक्स र पर्चा वितरण

पर्वत । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथाम र नियन्त्रणको लागि महाशिला गाउँपालिका वडा न.५ लंखुदेउरालीले निशुल्क माक्स वितरण गरेको छ । पालिकाको सहयोगमा माक्स र वडाको तर्फबाट कोरोना सम्बन्धि पर्चा वितरण गरेको वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता जिवन उच्चै ठकुरीले जानकारी दिनु भयो । लुंखुदेउराली बजारमा हेल्थ डेक्स स्थापना गरि काठमाडौँ, पोखरा बुटवल लगायत गाउँ बाहिरबाट आउनेहरुको स्वास्थ्य जाच गरिरहेको र भाइरसबाट सुरक्षित रहन वडाले विभिन्न कार्यक्रम सञ्चालन गरेको पनि उच्चैले जानकारी दिनु भयो । चीनको हुवेई प्रान्तबाट सुरुवात भएको नोभल कोरोना भाइरस (कोभिड–१९) हाल विश्वको १७३ मुलुकहरुमा फैलिइ भयानक रुप लिइसकेको छ ।हालसम्म नेपालमा कसैलाई पनि यस रोगको संक्रमण नभएतापनि संकम्रणको सम्भावनालाई उच्च दुष्टिगत गरि संक्रमणको फैलावट घटाउन तथा जोखिम कम गर्न कुनै पनि साना ठुला सभा सम्मेलन, बैठक भेला, गोष्ठी, सेमिनार भेटघाट, जमघट, सभा–समारोह, महोत्सव लगायतका कार्यक्रम नगर्न र नगराउन सम्पूर्ण सरकारी निकाय नीजि क्षेत्र, गैरसरकारी क्षेत्र, उद्योग वइवसायी शैक्षिक प्रतिष्ठान, विद्यालय, क्याम्पस लगायत आम नागरिकमा अनुरोध गरिएको छ

You might also like More from author

Comments are closed.