कोरना भाइरस संक्रमण लाई मध्यनजर राख्दै महाशिला ५ लंखुले उच्च सर्तकता अपनाउने, सर्ब पक्षीय बैठकमा भयो यस्ता निर्णय

पर्वत । विश्वभर फैलिरहेको (कोभिड १९)नोबेल कोरना भाइरस संक्रमण लाई मध्यनजर राख्दै महाशिला गाउँपालिका ५ वडा कार्यलय र प्राथमिक स्वास्थ केन्द्र लुंखु देउरालीको आयोजनामा वडा अध्यक्ष जीवन बिक्रम उच्चैको अध्यक्षतामा सर्ब पक्षीय बैठक बसी विविध निर्णय गर्दै समपन्न भएको छ । बैठकमा आम सर्बसाधारण जनता हरुको लागि जनचेतनामूलक विभिन्न कार्यक्रमहरु जस्तै चेतनामूलक पर्चा बितरण सामान्य माइकिङ बाट जानकारी चेतनमुलुक अभियान गर्ने ,महाशिला ५ लुंंंंखु देउरालीमा अस्थायी स्वास्थ हेल्प डेस्क स्थापना गरि नियमित बाहिर बाट आउने यात्रु तथा अन्य हरुको स्वास्थ परिक्षण गर्ने,औसधि लगायत अत्यावश्यक सम्पुर्ण सामाग्रीको ब्यबस्थापन गर्ने ,प्राथमिक स्वास्थ केन्द्रका प्रमुख डाक्टर बद्री अर्याल को नेतृत्वमा १३ सदस्य द्रुत प्रतिकार्य टोलि गठन गर्ने, अत्यावश्यक काम बाहेक गाउँ वा घर बाहिर नजाने र घरमा नै आइसुलेसनमा बस्न प्रचार प्रसार जानकारी गराउने ,सम्पुर्ण भ्रम पुर्ण समाचार अबैज्ञानिक अन्ध बिश्वास र कुप्रचार को खण्डन गर्ने सचेत गराउने ,सम्पुर्ण जनमानसमा उच्च मनोबल बिकास हुने विभिन्न गतिविधि गर्ने लगायतका निर्णय भएको महाशिला गाउँपालिकाका प्रवक्तmा एवं वडा अध्यक्ष उच्चैले जानकारी दिनुभयो ।चीनको हुवेई प्रान्तबाट सुरुवात भएको नोभल कोरोना भाइरस (कोभिड–१९) हाल विश्वको १७३ मुलुकहरुमा फैलिइ भयानक रुप लिइसकेको छ ।हालसम्म नेपालमा कसैलाई पनि यस रोगको संक्रमण नभएतापनि संकम्रणको सम्भावनालाई उच्च दुष्टिगत गरि संक्रमणको फैलावट घटाउन तथा जोखिम कम गर्न कुनै पनि साना ठुला सभा सम्मेलन, बैठक भेला, गोष्ठी, सेमिनार भेटघाट, जमघट, सभा–समारोह, महोत्सव लगायतका कार्यक्रम नगर्न र नगराउन सम्पूर्ण सरकारी निकाय नीजि क्षेत्र, गैरसरकारी क्षेत्र, उद्योग वइवसायी शैक्षिक प्रतिष्ठान, विद्यालय, क्याम्पस लगायत आम नागरिकमा अनुरोध गरिएको छ

You might also like More from author

Comments are closed.