कूश्मा नगरपालिका ७ मा बन्ने भयो ओम पार्क ,काम अगाडी बढाउनुस-नगर प्रमुख जोसी

कूश्मा नगरपालिका वडा नं. ७ मा ओम पार्कको निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकार र कूश्मा नगरपालिका वाट वजेटको व्यवस्था गरि केहि काम सम्पन्न भएको छ । ओम पार्कमा धेरै अन्य कार्यहरु गर्न वजेट अभावका कारण रोकिएको छ । हिजो कूश्मा नगरपालिकाका प्रमूख रामचन्द्र जोशीले ओम पार्कको अनूगमन गर्दै थाति रहेका कार्यहरु डिपिआर वमोजिम अगाडी वढाउने जानकारी दिनू भयो । पर्यटनको विकासले नै आर्थिक समृद्धिमा योगदान गर्ने भएकाले कूश्मा वजारलाई पर्यटकिय सून्दर क्षेत्र वनाउनका लागी ओमपार्कले सहयोग पु-याउने धारणा राख्नू भयो ।
सो क्षेत्रको स्थलगत अनुगमन गर्दे नगर प्रमूख जोशीले मूर्तिकार प्रकाश वस्याललाई ओमपार्कमा विष्णूको मुर्ति,हिमाल झल्कीने चित्र,वुद्धको मर्ति र नेपालको नक्शा जमिनमा नै देखिने गरि वनाउनका लागी निर्देशन दिनू भयो । नगरपालिकाको सिमित श्रोत साधनले मात्र धेरै काम गर्न नसकिए पनि ससानो र झट्ट हेर्दा आकर्षक देखिने कार्यमा नगरले लगानी गर्ने वताउनू भयो ।डिपिआर वमोजिम थप वजेटका लागी प्रदेश तथा संघिय सरकारलाई वजेट विनियोजनका लागी अनूरोध गरेको जानकारी गराउनू भयो ।
कूश्मा नगरले तयार गरेको डिपिआर अनूसार ८ करोड लागत लाग्ने वडा अध्यक्ष सूवास शर्माले जानकारी गराउनू भयो । गण्डकी प्रदेशले विनियोजन गरेको ३० लाख वजेटले ७३८ वटा सिडी,५ वटा भ-याङ निर्माण सम्पन्न गरेको वडा अध्यक्ष र्शाले जानकारी गराउदै स्थनियको २ लाख वरावरको जनश्रमदानमा झाडी सफाई,ओम आकारको वाटो निर्माण गरेको समेत जानकारी गराउनू भयो ।
वडा नं. ८ चूवामा रहेको विष्णुवाटिका र ओमपार्कमा जोड्ने झोलूङ्गे पूल निर्माणका लागी प्रस्ताव गरेको,जिफलाई गर्नका लागी संरचना निर्माण गर्ने तयारीमा रहेको समेत जानकारी गराउनू भयो ।डिपिआर अनूसार पानी पोखरी,रक गाडेन,वाटोका वारीपरि फुलका वोटहरु र पार्क निर्माण गरि वाह्य तथा स्थानिय पर्यटकको आकर्षणको केन्द्र वनाउने अध्यक्ष शर्माले जानकारी गराउनू भयो ।

You might also like More from author

Comments are closed.