न्यु सहिद स्मारक अंग्रेजी आवासिय माविमा खेलकुद सप्ताह सुरु

 

विकासराज पौडेल । रेडियो कुशुम पर्वत

पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको न्यु सहिद स्मारक अंग्रेजी आवासिय माविमा खेलकुद सप्ताह २०७६ सुरु भएको छ । विद्यालयको बार्षिक कार्यक्रम अन्तर्गत हरेक बर्ष जस्तै यस बर्ष पनि सोमवारदेखी बिभिन्न प्रतियोगिताहरुको आयोजना गरिएका छन् । समूह क मा कक्षा ४ देखि ९ सम्म र नर्सरी देखी कक्षा ३ सम्म अध्ययनरत विद्यार्थीहरुलाई समूह ख मा बिभाजन गरेर प्रतियोगिताहरु सञ्चालन गरिएको  विद्यालयका प्रिन्सिपल केशवराज पुरीले जानकारी दिनुभयो ।

प्रतियोगितामा बिभिन्न बिधामा खेलहरु राखिएको छ र मुख्य प्रतियोगिताका रुपमा हाई जम्प, लङ जम्प, सटपुट,ज्याभलिन थ्रो, ट्रिपल जम्प, रिले दौड,खो खो, कर्वडि,फुटवल,व्याडमिन्टन,टेवलटेनिस, लगायतका खेलहरु रहेको खेल संयोजक जितलाल गिरि र गणेश पौडेलले जानकारी दिनुभयो । प्रतियोगितामा बिजेता बनेका विद्यार्थाीहरुलाई औपचारिक कार्यक्रमको आयोजना गरेर पुरस्कार बितरण गरिने विद्यालयका भाइस प्रिन्सिपल प्रेम शर्मा पौडेलले बताउनुभयो ।

You might also like More from author

Leave A Reply