स्वामी विवेकानन्द संस्कृति ज्ञान परिक्षामा सहिद स्मारक आवासिय माविकी छात्रा सुप्रीया शर्माले ल्याइन द्घितीय पुरस्कार

विकासराज पौडेल रेडियो कुशुम कुश्मा, पर्वत
हिन्दू स्वयंसेवक सघं नेपालद्घारा सञ्चालित स्वामी विवेकानन्द संस्कृति ज्ञान परिक्षामा सहिद स्मारक आवासिय माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा सुप्रीया शर्मा द्घितीय स्थान प्राप्त गर्न सफल भएकि छन ।कुस्मामा सञ्चालन गरिएको उक्त प्रतियोगितामा विभिन्न विद्यालयवाट करिव ५०० जना विद्यार्थीले सहभागिता जनाएका थिए ।
आयोजक हिन्दू स्वयंसेवक सघं नेपालले द्घतीय स्थान प्राप्त गर्न सफल छात्रा सुप्रीया शर्मालाई नगद ७००० र प्रमाण पत्र प्रदान गरेको छ । विद्यालयमा पनि सम्मान गर्दै विद्यालयका प्रिन्सिपल केशवराज पुरीले थप शैक्षिक सफलताको शुभकामना सहित हार्दिक वधाई ज्ञापन गर्नुभयो ।साथै आयोजक संस्थालाई पनि धन्यवाद दिनुभयो ।

You might also like More from author

Comments are closed.