भू.पू बिद्यार्थी मञ्चद्धारा स्वधर्म माबिका खेलाडीलाई जर्सी प्रदान

पर्वत । स्थापना देखि बिध्यालयको चौतर्फी बिकाशमा कृयाशिल हुँदै आएको पुर्व बिधार्थिहरुको सस्था भू.पू बिधार्थी मञ्च श्री स्वधर्म माबी पाखापानीले रास्ट्रपति कप खेलकुद प्रतियोगितामा भाग लिने श्री स्वधर्म माबिका १५ जना खेलाडी र दुई जना अफिसियल लाई जर्सी सौजन्य स्वरुप प्रदान गरेको छ।महाशिला गाउँ पालिका ले पालिकाको केन्द्र बालाकोट मा आयोजना गरेको प्रतियोगिता आजबाट सुरु भएको छ भने उक्त प्रतियोगितामा पालिकाका सबै बिध्यालयले आफ्नो खेल देखाउने अबसर पराप्त गरेका छन।

बिद्यालयको हरेक रचनात्मक कार्यक्रम मा हातेमालो गर्दै आएको मञ्चका कार्यबाहक अध्यक्ष राजु अधिकारी ले आज बिध्यालयको हातामा जर्सी हस्तान्तरण गरेका हुन।खेल मा बिद्यालय को राम्रो प्रदशन को लागि उनी आफै मैदान मा खटिएका छन भने यो प्रसम्सनिय कार्यको पुर्व बिधार्थी र गुरुवर्गबाट प्रसम्सा गरिएको छ।स्थापना को यो ९ बर्षमा मञ्चले भौतिक सुधारको लागि उल्लेख्य सहयोग मात्र होईन शैक्षिक गुणस्तर अभिविर्द्धी को लागि आफ्नै खर्चमा अतिरिक्त कक्षा पनि सञ्चालन गर्दै आउनुका साथै बार्सिक रुपमा २० जना बिधार्थिलाई शैक्षिक पुरस्कार प्रदान गर्दै आएको छ।

You might also like More from author

Comments are closed.