नेपाल राष्ट्रिय शिक्षक संगठन महाशिला ५ लुंखु पर्वतको प्रथम वडा अधिबेशन समपन्न, अध्यक्षमा अधिकारी

पर्वत । नेपाल राष्ट्रिय शिक्षक संगठन महाशिला ५ लुंखु पर्वतको प्रथम वडा अधिबेशन शुक्रबार समपन्न भएको छ । महाशिला ५ को वडा कार्यालयको सभाहलमा समपन्न भेलाले  रेशम अधिकारीको अध्यक्षतामा १५ सदस्यीय वडा समिति चयन गरेको छ । संगठनको उपाध्यक्षमा राधा शर्मा, सचिवमा सुरज पौडेल, कोषाध्यक्षमा सुस्मिता शर्मा र सदस्यहरुमा  तेजकुमारी अधिकारी, छविलाल विक, सावित्री राना, देवि कुमारी चपाइ पौडेल, भोज बहादुर नेपाली, उर्मिला पौडेल अधिकारी, नारायण अधिकारी, सपना शर्मा, सञ्जु कुमारी जोशी, दिपा कुमारी पौडेल र संगिता शर्मा चयन हुनुभएको छ  । नव निर्वाचित समितिलाई  नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश कमिटी सदस्य अमृत प्रसाद सुवेदीले सपथग्रहण खुवाउनु भएको थियो ।  कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिति एवं महाशिला गाउँपालिका वडा न  ५ का वडा अध्यक्ष जिवन उच्चै ठकुरीले शिक्षकहरुलाई आफ्नो पहिचान कक्षा कोठाभित्रै बाट दिनुपर्ने एवं सुक्ष्म ढंगले अध्यापन गर्नुपर्ने बताउदै शिक्षकहरुले पनि पहिले आफ्नो कर्तव्यलाई ध्यान दिएर मात्र अधिकारका कुरा गर्नुपर्ने धारणा राख्नु भयो । कार्यक्रममा महेन्द्र ज्योति माविका विद्यालय व्यवस्थापन समितिका  अध्यक्ष एक बहादुर हमाल, नेकपा वडा कमिटी अध्यक्ष टिकु मल्ल ठकुरी, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति सदस्य हरि प्रसाद भुसाल, ने रा शि संगठन महाशिला गाउँ पालिका कमिटीका अध्यक्ष लेखकाजी गुरुङ, नारायण अधिकारी, संगिता शर्मा,तेज कुमारी अधिकारी  भवराज शर्मा लगायतले  मन्तव्य राख्नु भएको थियो । ज्येष्ठ सदस्य शेषकान्त पौडेलको अध्यक्षतामा समपन्न भएको कार्यक्रमा स्वागत लेखनाथ अधिकारी र सञ्चालन रेशम अधिकारीले गर्नुभएको महाशिलाबाट शिक्षक लेखनाथ अधिकारीले जानकारी दिनुभएको छ ।

You might also like More from author

Comments are closed.