महाशिला ५ लुंखुका युवाहरु बंगुर पालन व्यवसायबाट आत्मनिर्भर बन्दै

दिपेश बिश्वकर्मा, रेडियो कुशुम पर्वत । देशमा रोजगारी का सम्भावना नदेखी दिनहू हजारौ युवाहरु बैदेशिक रोजगारीका लागी पलायन भैरहेका बेला महाशिला गाउँपालिका वडा न ५ का   युवाहरुले भने व्यबशायिक बंगुर पालन शुरु गरेका छन ।ठुलोस्वारा कृषि तथा पशुपंछि फर्म दर्ता गरी स्थानिय थमन उच्चै ठकुरी लगायतका ४ जना युवा मिलेर लुंखु आहालेमा  आधुनिक बंगुर फर्म संचालन गरेका हुन । ‘केही समय विदेश पनि गएको थिए ,तर आफनो देशमा जस्तो कहा हुन्छ र उच्चैले उनले भने— ‘त्यसपछि स्वदेशमै बसेर काम गर्ने सोच बनाएर यो व्यबशाय सुरु गरेका हौ , धैरै राम्रो भएको छ ’। । सुरु मा १९ ओटा बंगुर का बच्चा राखेर व्यबशाय सूरु गरेको बताउदै उनले भने, — आफ्नै मातृभुमि मा केही गर्ने सोच बनाएर यो व्यबशाय संचालन गरेका छौ ,अहिले सुरुवाति अबस्था मा छौ तर पनि मासिक खर्च कटाइ राम्रै आम्दानी भएको छ ।करिब २५ लाखको लागतमा आधुनिक बंगुर पालन फर्म सञ्चालन गरेको बताउदै आगामी दिनमा लगानी बढाउदै जाने उनको भनाई छ ।महाशिलामा नै पहिलो पटक धराने कालो जातका १९ ओटा बगुंर बाट सुरु गरिएको फर्मबाट  साना बच्चा उत्पादन गरि बाहिर सप्लाई गर्ने समेत उनले बताए ।विदेश मा काम गर्नुको कठिनाइ र स्वदेशमा केहि गर्छु भन्ने अभिप्राय ले यो व्यवशाय गरेको उनले बताए । ‘खै के गर्ने भन्ने दोधारमा थिएउ ,महाशिला क्षेत्रमा बंगुर पालनको सम्भावना देखेर यही पेशा गरेउ’ उनले भने ।हामीले  लाखौ लगानि गरि बंगुर पालन गरेउ ,खै आज सम्म जिल्ला बाट पशु सम्बद्ध कुनै पनि निकाय आएको छैन , हामी जस्तो ठुलो लगानि गरि व्यबशाय गर्नेहरुलाइ सरकार ले हेरी प्रोत्साहन गरे त काम गर्न पनि हौसाला बढने भन्दै उनले गुनासो सुनाए। बैदेशिक रोजगारीमा गएका नेपाली युवाहरु प्रति लक्ष्ँित गर्दै उनले बिदेशी सिप र अनुभवलाइ नेपालमै प्रयोग गर्न सके यही बिदेश मा जति कमाइ गर्न सकिने बताए । बिदेशी शिप र नेपाल मै लगानि गरि घर परिवारमै बसेर आनन्द जिबन निर्वाह गर्न उनले युवाहरुलाई आग्रह गरे ।फर्ममा माछा पालन समेत गरिएको छ।

You might also like More from author

Comments are closed.