दलित पत्रकार संघ पर्वतको अध्यक्षमा साजन परियार र सचिवमा दिपेश विश्वकर्मा

पर्वत । राष्ट्रिय दलित पत्रकार संघ नेपालको पर्वत जिल्ला शाखाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । पर्वतको कुश्मा बजारमा सम्पन्न भएको प्रथम जिल्ला भेलाले साजन परियारको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । समितिको उपाध्याक्षमा ठाकुर रसाईली, सचिवमा दिपेश विश्वकर्मा, सहसचिवमा लक्ष्मण विश्वकर्मा र कोषाध्याक्षमा सिर्जना नेपाली चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा दिपक रसाईली, सुमित विश्वकर्मा, सुरेश परियार, बृद्धि परियार र रमेश रसाईली चयन हुनुभएको छ । भेलाले दुई सदस्य भने रिक्त राखेको छ । भेलाले प्रदेश संयोजकमा डिलवहादुर विक, याम परियार शिव र लिवियाना चौहानलाई चयन गरेको छ । समितिको अको बैठकले सल्लाहकार चयन गर्ने जनाएको छ । तत्कालिन दलित पत्रकार मञ्च पर्वतका अध्यक्ष डिलवहादुर विकको अध्यक्षतामा भेला सम्पन्न भएको हो । भेलालाई सम्बोधन गदै जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि पौडेलले समानतामूलक समाज निर्माण सँगै जातीय विभेद अन्त्यका लागि दलित समुदायका सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । दलित समुदायका पत्रकार एक भएर अघि बढ्दा सिंगो दलित समुदायलाई प्रेरणा मिल्ने उहाँको भनाई छ । साथै उहाँले अन्य पत्रकारहरुलाई दलित समुदायको समस्यामा जोडेर विभेद रहित समाज निर्माण गर्न भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गणेश पौडेलले पत्रकारिता पेशालाई फराकिलो पार्न सबैले विभेद रहित रुपमा खुल्ला हृदयका साथ काम गर्नुपर्ने बताउनु भयो । पत्रकारिता पेशामा धेरै चुनौतीहरु रहेको भन्दै मेहनत गरी अघी बढ्न आग्रह समेत गर्नुभयो । कार्यक्रममा पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले दलित समुदायका पत्रकारहरु एकिकृत भएर स्वच्छ समाज निर्माण गर्नुपर्ने बताउनु भयो । उहाँले दलित समुदायका समस्या र आन्दोलनमा पत्रकार महासंघको सँधै साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गनुभयो । राष्ट्रिय दलित पत्रकार संघ नेपाल गण्डकी प्रदेशका संयोजक दिपक परियारले दलित समुदायका पत्रकारलाई अभिावकत्व प्रदान गर्न राष्ट्रिय दलित पत्रकार संघ नेपाल गठन गरिएको बताउनु भयो । उहाँले दलित समुदायका विचार र मुद्धालाई बलियो बनाउन नै संगठित भएको बताउँदै हरेक जिल्ला जिल्लामा संगठन विस्तार भईरहेको जानकारी दिनुभयो । प्रेस युनियन पवतका उपाध्याक्ष रोशन तिवारीले दलित पत्रकारहरुका मुद्धामा प्रेश युनियन पर्वतको सँधै साथ र सहयोग रहने उद्घोष गर्नुभयो । कार्यक्रममा कान्तिकारी पत्रकार संगठनका सचिव बैकुण्ठ गिरीले समाज विस्तार परिवर्तन हुँदै गएपनि अभिव्यक्तिको क्षुद्रतालाई अन्त्यगर्ने गरि संगठनले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

You might also like More from author

Comments are closed.