बलेवा सेवा समाज जापान को पाचौ साधारण सभा सम्पन्न -अध्यक्षमा राज पौडेल

बलेवा सेवा समाज जापान को पाचौ साधारण सभा मिति २०१९-१२-३१तारिक दिन संस्थाका अध्यक्ष श्री शर्मेन्द्र पौडेल सेबक ज्यु को अध्यक्षतामा भव्य र सब्य रूपमा निकै हर्सोउल्लासमय वातावरणमा सम्पन्न भयो। उक्त कार्यक्रममा नेपाल बाट जापान भ्रमण मा पाल्नु भएका बलेवा पैयूपाटा निवासी बलेवा सेवा समाज जापान का कोषाध्यक्ष बिकाश के सी का माता पिता प्रेम बहादुर क्षेत्री र रत्नाकली क्षेत्री लाई सम्मान सगै गरिमामय उपस्थिति रहेको कार्यक्रममा पानस मा बत्ती बालेर उदघाटन गरिएको थियो कार्यक्रम मा स्वागत मन्तब्य संस्था का प्रवक्ता अर्जुन लामिछाने बाट भएको थियो भने कोषाध्यक्ष बिकाश के सी बाट आर्थिक प्रतिबेदन एबम संस्था का महासचिव टिकाराम रिजाल बिमल बाट कार्यविवरण प्रगति प्रतिबेदन प्रस्तुत भएको थियो कार्यक्रममा संस्था स्थापना काल देखी आज सम्म गरेका काम र भावी दिन हरू मा पनि प्रगति गरोस भंने आफ़ना भनाई हरू संस्था का संरक्षक महेन्द्र पिसी ज्यु र राजु के सी ज्यु ले राख्नु भएको थियो त्यसै अबसर मा आफु होनहार रूप मा बिगत ६ वर्ष देखी संस्था मा लागी आफु सक्दो बलेवा बासी हरू लाई संसार का बलेवाली एक हौ हाते मालो गरौ भन्दै आफ्नो कार्यकाल मा संस्था ले गरेका काम को जानकारी गराई मन्तब्य सहित कार्यसमिति भंग भएको घोषणl गर्नु भएको थियो यस अवसरमा संस्था को निर्णय बाट स्थापना काल देखि हाल सम्म सबै कार्यसमिति का पद हरू मा बसी संस्था को हित अनुसार काम गर्नु भएका श्री राजु के सी ज्यु लाई साधारणसभा कै दिन बाट संरक्षक पद मा राखी दोसल्ला ओडाइ सम्मान गरिएको थियो संस्थाका ३ जना सलाहकार मण्डल क्रमस बलराम भट्ट भूमिराज शर्मा र राजु केसी को अध्यक्ष मण्डल बाट १५ सदस्यीय नया कार्यसमिति चयन गर्नु भएको थियो ।
जसमा अध्यक्ष : राज पौडेल वरिष्ठ उपाध्यक्ष : बिकाश केसी उपाध्यक्ष : शेषकान्त रिजाल महासचिव : टिकाराम रिजाल बिमल सचिव : अर्जुन लामिछाने कोषाध्यक्ष : Lp शर्मा सहकोषाध्यक्ष : दीपेन्द्र गिरी सदस्य हरू क्रमस भक्त हमाल, गोविन्द पौडेल, प्रताप हमाल, कृष्ण शर्मा, दीपेन्द्र रिजाल, सन्तोष सापकोटा, हरी रेग्मी, भीम केसी, महेन्द्र ढकाल, अर्जुन प्रताप सिंह केसी सभापति बाट औपचारिक कार्यक्रम समापन सगै नब निर्वाचित अध्यक्ष पौडेल ले आफ़ना भनाई हरू साथै कार्यसमिति लाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ४ घण्टा सम्म चलेको साधारण सभा मा डिनर साथै स्थानीय कलाकार बाट सांगितिक धमाका मा पाल्नु भएका लोक ग़ायक सूर्य खड़का र सोना केसी ले बेजोड प्रस्तुति देखाउनु भएको थियो अन्तमा महासचिव रिजाल ले
हाम्रो निमन्त्रणलाई हार्दिकताका साथ स्वीकार गरी पाल्नु भएका हामी सबै का अभिभावक प्रेम बहादुर क्षेत्रि एवं उहाँ की धर्मपत्नी अध्यक्ष सेवक पिसी सिंगो कार्यसमिति यूनिट संरक्षक सल्लाहकार क्रियाशील सदस्य अग्रज तथा शुभचिन्तक हरु सबै प्रति उच्च सम्मान गर्दै अंग्रेज़ी नया वर्ष २०२० सालको उपलक्ष्य मा सबै को उन्नती प्रगति को कामना गर्दै निवर्तमान कार्यसमिति लाई धन्यवाद भंदई नया गठन भएको कार्यसमिति लाई स्वागत गरी सबै उपस्थितजन हरू लाई टोपी र खादा बाट सम्मान गरी कार्यक्रम सम्पन्न भयको हो ।

You might also like More from author

Comments are closed.