राष्ट्रिय सौन्दर्यकर्मी यूनियन अध्यक्षमा परी-रेडियो कुशुम

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको कुश्मा नगरको अध्यक्षमा प्रमिला शार्म ‘परि’ चयन हुनुभएको छ । युनियनको शुक्रबार पर्बतमा आयोजित प्रथम नगर भेला तथा कमिटि गठन कार्यक्रमबाट शर्माको अध्यक्षतामा १० सदस्यिय कार्यसमिति चयन गरिएको छ ।
जसको उपाध्यक्षमा कबिता पुन, सचिवमा भावना आचार्य, सहसचिब पुर्णिमा क्षेत्रि कोषाध्यक्षमा सृजना पौडेल, चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा सन्दीपा पौडेल, माया पुरी ,जानुका शार्म, पार्बर्ती कुंवर र करिश्मा सेन्चुरीलाई चयन गरिएको युनियनले जनाएको छ ।
नव गठित कार्यसमितिलाई राष्ट्रिय सौन्र्दयकर्मी युनियन केन्द्रिय सदस्य तथा जिफन्ट अध्यक्ष खगेश्वरी शर्माले नबगठित युनियनकर्मीलाई स्बागत तथा कार्यकालको शुभकामना दिनुभएको छ ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको संस्थापक तथा सांसद मिना गुरुङले महिला जागरुण र सशक्तिकरण गर्न महिलाहरु नै जागरुक हुनुपर्ने बताउनुभयो । सौन्दर्य पेशालाई अझै पनि समाजमा नकारात्मक दृष्टिले हेरीने गरेकोले त्यसलाई चिर्न पनि सौन्दयकर्मीहरु अझ बढी जिम्मेवार हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका केन्द्रीय अध्यक्ष सुमन गुरुङले सौन्दर्य पेसालाई सकारात्मक सोचका साथ मर्या्दित र सभ्य ढंगले अघि बढाउन आग्रह गर्नुभयो । यसैगरी युनियनकी महासचिव पबि गुरुङले सकारात्मक सोचका साथ अघि बढ्न सवैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा जिल्ला कार्यदल सदस्य गोबिन्द पहाडी तथा गण्डकी प्रदेशका उपाध्यक्ष नन्दलाल अधिकारी लगाएतले शुभकामना दिनुभएको थियो । कार्यक्रममा बोल्ने सौन्दर्यकर्मीहरुले नियमनकारी निकायले प्रभावकारीरुपमा अनुगमन नियमन नगर्दा ब्यावसायिक रुपमा ब्युटिपार्लर संचालन गर्नेहरुको पेशा संकटमा परेको गुनासो गरेका थिए । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको नगर किमिटि अध्यक्ष कमला पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिब कबिता पुनले गर्नुभएको थियो ।

You might also like More from author

Comments are closed.