समपुरक र बिशेष अनुदान पाउने बागलुङमा १३ योजना

तारानाथ आचार्य

सरकारले राष्ट्रिय योजना आयोगमार्फत बागलुङमा समपुरक र बिषेश अनुदानअन्र्तगत १३ वा योजनालाई बजेट उपलव्ध गराएको छ । समपुरक बजेटअन्र्तगत ६ योजना र बिषेश अनुदानअन्र्तगत ७ वटा योजनाका लागि बजेट बिनियोजन भएको हो । समपुरक अनुदान र बिषेश अनुदानमा जिल्लाभर समाबेशी हिसाबले योजनाहरु छनौट भएको प्रतिनिधिसभा सदस्य डा। सुर्य पाठकले जानकारी दिए। योजना आयोगले साझेदारी गर्न सक्ने योजनाहरुको छनौट गरी समपुरक अनुदानका लागि प्रस्ताव आव्हान गरेको थियो । स्थानीय तह तथा प्रदेश सरकारले साझेदारी गर्नुपर्ने समपुरक अनुदानअन्र्तगत बरेङ गाउँपालिकाको परिवाङ–बरेङ सडक निर्माणका लागि १ करोड ३७ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ ।
जैमिनी नगरपालिकाको कुश्मीशेरा बजारदेखि जैमिनीधाम सम्मको सडकका लागि ६७ लाख, बागलुङ नगरपालिका १३ को जलुकनी घुम्तीदेखि भैरवस्थान मन्दिरसम्म १ करोड ७४ लाख, बडिगाड गाउँपालिकाको भवन निर्माणका लागि ६२ लाख, गल्कोट नगरपालिका वडा नं। ६ र ९ को भवन निर्माणका लागि १ करोड ३३ लाख र काठेखोला गाउँपालिका–७ रेशको एकपाटेदेखि बौर सडक निर्माणको लागि १ करोड ३१ लाख रुपैयाँ बजेट बिनियोजन भएको योजना आयोगको तथ्यांकमा उल्लेख छ । समपुरक अनुदान पाउनका लागि स्थानीय तहले अर्थ मन्त्रालयले उपलव्ध गराउने बराबरकै रकम साझेदारी गर्नै पर्ने व्यवस्था रहेको छ । सोही अनुसार आफ्नो बजेट सिलिङको आधारमा जिल्लाका स्थानीय तहले समपुरक बजेटका लागि प्रस्ताव पेश गरेका थिए ।
स्थानीय तहले साझेदारी गर्न नपर्ने बिषेश अनुदानअन्र्तगत जिल्लाभरका ७ योजनाका लागि ३ करोड ५३ लाख रुपैयाँ बजे बिनियोजन भएको छ । जिल्लाको तमानखोला गाउँपालिकामा सञ्चालित खुंखानी खानेपानी आयोजनाका लागि २५ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । बागलुङ नगरपालिकामा प्रारम्भिक बालबिकास कक्षा सुधारका लागि ५३ लाख, बरेङ गाउँपालिकामा सञ्चालित झुले बरेङ खानेपानी आयोजना तथा सरसफाई कार्यक्रमको लागि ७५ लाख रुपैयाँ, बरेङमै धुल्लु बास्कोट स्वास्थ्यचौकी भवन निर्माणका लागि ७५ लाख रुपैयाँ, गल्कोट नगरपालिकाभित्र फोहोर व्यवस्थापनको लागि ५० लाख रुपैयाँ र जैमिनी नगरपालिका वडा नं २ र ३ मा आलु, अलैची, मौरीपालन र नगदे बाली खेती प्रबर्धन कार्यक्रमको लागि २५ लाख रुपैयाँ बजेट बिनियोजन भएको हो ।
समपुरक र बिषेश अनुदानको रकम खर्च गर्नपाउने अख्तियारी सहितको पत्र स्थानीय तहमा प्राप्त भएको छ । योजना आयोगले छनौट गरेका सबै योजनाको बजेट भुक्तानी अर्थ मन्त्रालयले गर्ने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । राष्ट्रिय योजना आयोगले बहुबर्षे दिर्घकालिन योजना बनाएर समपुरक र बिषेश अनुदान दिँदै आएको छ । यस बर्ष बजेट पाएका सबै योजनाहरु आगामी तीन बर्षमा पुरा गर्ने लक्ष राखिएको छ । तिन बर्षमा योजना पुरा हुनेगरी स्थानीय सरकारले साझेदारीको तयारी गर्ने र समपुरक तथा बिषेश अनुदान क्रमश आउने पौडेलले बताए ।

You might also like More from author

Comments are closed.