फलेवासका दुबै मृर्गौला पीडित नेपाली भन्छन् ‘मलाई बचाउनुहोस्’

पर्वत । फलेवास नगरपालिका–६ चन्दनटारका ३३ बर्षिय याम बहादुर नेपालीको दुवै मृर्गौलाले काम नगरेपछि अहिले जीवनमरणको दोसाँधमा छन । चरक अस्पताल पोखरामा दुवै मृर्गौलाको डायलाईसिस गरिरहेका नेपालीको आर्थिक अवस्था निकै कम्जोर रहेकोले देश विदेशमा रहनुभएका सहयोगीदाताहरुसँग आर्थिक सहयोगको अपेक्षा गरेका छन ।कृषि पेशामा आधारित उनको परिवारसँग उपचार गर्ने रकम नहुँदा भाईलाई बचाईदिन उनका दाजु रन बहादुर नेपालीले सहयोगी हातहरुसँग अपेक्षा गरेका छन ।

परिवारको कान्छो भाईलाई कमाउने बेलामा दुवै मृर्गौला फेल भएपछि उपचार गर्नुपर्ने अवस्था छ रन बहादुर नेपालीले भने ‘भाईलाई बचाउन चाहान्छु, सहयोगीदाताहरुले ९८२७५१६२०६ मा सम्पर्क गरी आर्थिक सहयोग गरिदिनुहोस् ।’सम्पत्तिका नाउँमा आँफुसँग केही नभएको र कमाई गर्ने भाईलाई ठुलो रोग लागेकोले जीवनदानका लागि जहाँबाट जसरी भएपनि सहयोगीदाताले आर्थिक सहयोग गर्नुहुन दाजु  रन बहादुर नेपालीले अनुरोध गरेका छन ।अस्पतालमा उपचार गराईरहेका नेपालीले बाँच्ने चाहाना भएपनि आर्थिक नभएकोले कसरी उपचार गर्ने भन्ने संकटमा रहेको उनकी नेपालीकी श्रीमती चन्द्रदेवी नेपालीले बताईन् ।

You might also like More from author

Comments are closed.