सामुदायिक विधालयहरुमा वलेवाको गणेश मा वि गण्डकी प्रदेशमा दोस्रो

रेडियो कुशुम ,,“हामी सबैको प्रण, सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण“ भन्ने मुल नारासंगै सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखराको आयोजनामा विविध कार्यक्रम संचालन गरि ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तरास्ट्रिय साक्षरता दिवस २०७६ मनाइएको छ ।यसै विच वाग्लुङको वलेवामा अवस्थित गणेश मा वि ले २०७५ सालको माध्यामिक शिक्षा परीक्षा कक्षा १० को नतिजा मुल्याङकनमा सामुदायिक तर्फ प्रदेश स्तरमा द्धितीय स्थान हासिल गरेको छ । एस. ई. ई.परिक्षामा ५० जना भन्दा धेरै विद्दार्थीहरु सहभागी गराएर उत्कृष्ट नतिजा ल्याउने विद्दालयलाई मन्त्रालयले सम्मान गरेको हो । प्रथम पोखराको शितला देवी माध्यमिक विद्दालय द्धितिय गणेश माध्यमिक विद्दालय भएको गणेश मा.विका प्रध्यानध्यापक कृष्ण गौतमले कुशुम समाचार लाई वताए ।

विद्यालयले ६०,००० नगद सहित प्रमाण पत्र प्राप्त गरेको छ । कार्यक्रममा प्रमुख अथिति माननिय मुख्य मन्त्रि पृथ्वी सुव्वा गुरुङले विद्यालय लाई सम्मान गर्दै ,विद्यालय परिवार ,विद्यार्थीलाइ धन्यवाद प्रकट गर्दै उज्वल भविष्यको कामना गर्नुभयो ।ग्रामिण भेगमा रहेर पनि सहर वजारमा रहेका विद्यालय संग प्रतिस्प्रर्धा गदै लामो समय देखी निरन्तर शैक्षिक क्षेत्रमा अग्रस्थानमा रहेको यस सामदायिक विद्यालयमा कुस्मा वाग्लुङ लगायत अन्य जिल्लाका विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन । यो सम्मान विद्यालयको मात्र नभएर शिक्षक विद्यार्थी अभिभावक सवैको भएको विद्यालयका अध्यक्ष नारायण श्रेष्ठको भनाई रहेको छ ।

You might also like More from author

Comments are closed.