मालढुंगा –बेनी सडक बन्द हुने समय तालिका परिर्वतन, ल हेर्नुस बन्द हुने र खुल्ने तालिका

म्याग्दी र मुस्ताङ्गलाई राष्ट्रिय राजमार्ग संग जोडने पर्वतको मालढुंगा –बेनी सडक बन्द हुने समय बिहीबार देखि परिर्वतन हुने भएको छ ।जिल्ला प्रशासन कार्यालयमा मंगलबार बसेको सर्बपक्षिय बैठकले सडक बन्द हुने समय तालिका परिर्वतन गर्दै दैनिक साढे सात घण्टा मात्रै सडक बन्द गर्ने निर्णय गरेको हो ।भदा १९ गते बिहीबारदेखि २६ गतेसम्म बिहान ७ देखि ९ बजे र त्यसपछि बिहान १० देखि दिउँसो १ बजे सम्म सडक बन्द गरिने छ । दिउँसो २ बजे देखि अपरान्ह साढे ४ बजेसम्म पर्वतको कुश्मा नगरपालिका १ मालढुंगादेखि जलजला गाउँपालिकाको डमुवाखोलासम्म सडक बन्द हुनेछ । यसअघि भदौ ५ देखि बिहान १० देखि दिउँसो ४ बजे सम्म सडक बन्द गरिदै आएकोमा दिउँसो १ देखि २ बजे सम्म एक घण्टा सडक सुचारु गर्ने निर्णय भएको हो ।

पर्वतको कुस्मा नगरपालिका १ पाङ अदुवाबारी देखि बालुङ्ग नगरपालिकाको बाङ्गेचौर जोड्ने झोलुंगे पुल निर्माणका क्रममा सडक बन्द गरिदै आइएको छ । कालीगण्डकी नदीमाथि निर्माण भैरहेको पुलको पर्वत खण्डमा लठो तान्नका लागि सहायक जग(एङ्गकर ब्लक) निर्माण गर्नुपर्ने हुँदा मालढुंगा – बेनी खण्डको सडक बन्द गर्ने निर्णय गरिएको निर्माण कम्पनी थानी÷बिएलटी÷हिमशिखर जेभीका नरहरी खड्काले जानकारी दिनुभयो ।
दैनिक साढे ७ घण्टा सडक बन्द हुने भएपछि पर्वतको मालढुंगा, जलजला हुँदै बेनी म्याग्दी, मुस्ताङ आवत जावत गर्ने सवारी साधनलाई बागलुङ बजार, म्याग्दीको रत्नेचौरको बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। साना र हल्का सवारी साधनहरु पर्वतको सहस्रधाराबाट पाङ्ग हुँदै दमुवाखोला सम्मको बैकल्पिक सडक समेत प्रयोग गर्न सकिने छ । यो सडकको धेरै भाग कच्ची भएका कारण ठुला सवारी साधनहरु चल्न सक्दैनन ।थानी ÷बिएलटी÷हिमशिखर कन्ट्रक्सनले निर्माण जिम्मा लिएको पुलको अहिले फाउण्डेशनको काम भइरहेको छ। यो झोलुंगे पुल हाल सम्मकै सबैभन्दा लामो ५ सय ६७ मिटर र १ सय ३८ मिटर उचाइको हुनेछ।

You might also like More from author

Comments are closed.