सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत महाशिलामा मानव वेचविखन विरुद्धको जनचेतनामुलक कार्यक्रम सम्पन्न

दिपेश विश्वकर्मा, १८ भदौ   रेडियो कुशुम पर्वत ,, मानव बेचबिखन विरुद्धको जनचेतनामुलक तथा अन्र्तक्रिया कार्यक्रम पर्वतको महाशिला गाउँपालिका वडा न ५ लुंखुमा बुधबार समपन्न भएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत इलाका प्रहरी कार्यलय लुंखुदेउराली र महाशिला गाउँपालिका वडा नं ५ को संयुक्तm आयोजनामा उतm कार्यक्रम समपन्न भएको हो । कार्यक्रमा बोल्दै प्रमुख अतिथि एवं वडा अध्यक्ष जिवन उच्चै ठकुरीले मानव बेचबिखन तथा ओसारपसार गर्नेका विरुद्धमा निकै बलियो कानुन भएपनि त्यसको कार्यान्वयन पक्ष फितलो हँुदा समस्या भएको बताउनुभयो । उच्चैले पछिल्लो समय समाजिक सञ्जालले गर्दा थप मानव बेचबिखनका घटना बढदै गएको बताउदै समाजिक सञ्जाललाई सहि सदुपयोग गर्नुपर्नेमा जोडदिनु भयो ।

इलाका प्रहरी कार्यलय लुंखुदेउरालीका प्रमुख कृष्ण प्रसाद पनेरुले मानव बेचबिखन तथा ओसारपसारको अवस्था र नियन्त्रणको कार्यका बारेमा जानकारी गराउनु भएको थियो । त्यस्तै उहाँले मानव वेचविखन जस्ता जगन्य घटना हुन नदिन स्वयम र अभिभावक सचेत रहनुपर्ने बताउनुभयो । कार्यक्रममा वडा न ५ का महिला सदस्य धनसुबा सुनार पत्रकार दिपेश विश्वकर्मा लगायतले आफ्ना भनाईहरु राख्नु भएको थियो । बडा अध्यक्ष जिवन उच्चै ठकुरीको अध्यक्षता, इलाका प्रहरी कार्यलय लुंखुका प्रमुख कृष्ण प्रसाद पनेरुको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा विभिन्न संघसस्थाका प्रमुख, जनप्रतिनिधि नागरिक अगुवा, समाजसेवी र स्थानियको उपस्थिति रहेको थियो ।

You might also like More from author

Comments are closed.