प्रबासी नेपाली संगठित गर्न नेता परि थापा भारतमा

देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालका महासचिव परि थापा

देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालका महासचिव परि थापाले वर्तमान कथित कम्युनिस्ट पार्टीको सरकारले विगतका सरकारहरू जस्तै राष्ट्रघात, जनघात र भ्रष्टाचारलाई निरन्तरता र व्यापकता दिएको बताउनु भयो। भारतका बिभिन्न सहरमा भयको कार्यक्रममा उहांले यस्तो बताउनु भयको हो अगाडी भन्नु’ भयो, ‘समाजवाद’ को लफ्फाजी दिएको सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीको दायित्व लिन’ पर्नेमा ती विषय र क्षेत्रमा भैरहेको नीजिकरणलाई तिब्रता दिएर मुठ्ठीभर दलाल, नाफाखोर र विचौलियाहरूको हितमा काम गरेकोछ।थापाले ‘वर्तमान सरकारले संविधानमा व्यबस्था भएका प्रावधानहरूका विपरित कार्य गरेको र राज्य व्यबस्था प्रतिकृयावादमा पतन भैसकेकाले अब यसको भण्डाफोर गर्न आवश्यक नभएकाले आगामि मंसिर महिनामा हुने भनिएको संघीय र स्थानीय चुनावलाई सकृय बहिष्कार गर्दै राष्ट्रीयता, जनतन्त्र र जनजीविकाका समस्याहरू समाधान गर्न संघर्षलाई सशक्त ढंगले अगाडी बढाएर संघीय जनगणतन्त्र स्थापनाको दिशामा अगाडि बढ्दै वैज्ञानिक समाजवादको स्थापना गर्नु पर्दछ।उहांले नेपाली एकता समाज, भारतले देश भित्र भएका र हुने विभिन्न आन्दोलन र संघर्षहरूमा सहयोग, समर्थन र सहभागिता पुर्याउंदै आएको स्मरण गर्दै नेपाली एकता समाज, भारतको प्रसंशा गर्नुभयो साथै उहांले देशमा रोजगारीको अभावका कारण विदेशिन वाध्य भएका युवाहरूलाई संगठित, सचेत एवं अनुशासित हुन र बनाउनमा महत्वपुर्ण भुमिका निर्वाह गरेकोमा समेत नेपाली एकता समाज, भारतलाई धन्यवाद दिनुभयो।सामना सास्कृतिक परिवारका ६ जना कलाकार सहित १ महिने अभियानमा यतिबेला भारतका बिभिन्न शहरमा पुगेको त्यहा बाट युबा नेता बिक्रम थापाले जानकारी दिनु भयो ।

You might also like More from author

Comments are closed.