धौलागिरी बहुउद्देश्यीय महिला विकास समितिको चौथो पदस्थापन समारोह कार्यक्रम सम्पन्न सिता शर्माको अध्यक्षतामा नयाँ कार्य समिति गठन

69290010_927661850925281_6077200224999178240_n

धौलागिरी बहुउद्देश्यीय महिला विकास समिति पवतको चौथो पदस्थापन समारोह एवम् शुभकामना आदानप्रदान, सम्मान तथा सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । कुश्मा नगरपालिका–५ वडागाउँमा सम्पन्न भएको पदस्थापन समारोह कार्यक्रममा संस्थाकी निर्वतमान अध्यक्ष लक्ष्मी शर्मा अधिकारीले वर्तमान अध्यक्ष सिता शर्मालाई पद हस्तान्तरण गर्नुभएको छ । समितिले अध्यक्ष शर्मा सहित नयाँ कार्य समिति गठन गरेको छ । समितिको प्रथम उपाध्याक्षमा सरस्वती श्रेष्ठ पाण्डे, द्धितिय उपाध्याक्षमा सारदा पौडेल, तृतियमा उपाध्याक्ष देवी पराजुली, सचिवमा दिपा पौडेल, कोषाध्याक्ष टिका शर्मा लगायत २१ सदस्य नयाँ कार्य समिति गठन गरेको संस्थाकी निर्वतमान सचिव लक्ष्मी पौडेलले जानकारी दिनुभयो । साथै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई स्वागत तथा सम्मान गरिएको छ । कार्यक्रमकी प्रमुख अतिथी समेत नेपालले लैङगिक समानतामा जोड दिनुभयो । उहाँले चेतना र कानुन कार्यान्वयनले मात्रै लैङगिक समानता कायम हुने बताउँदै एक अर्काको सम्मानले मात्र विकास हुने बताउनु भयो । नेपालले महिला हिंसा न्यूनिकरणका लागि सचेतना नै मुख्य कुरा भएको बताउनु भयो । एक फरक प्रसंगमा बोल्दै प्रमुख जिल्ला अधिकारी नेपालले तिजलाई सभ्य तरिकाले मनाउन महिला दिदिबहिनीहरुलाई अनुरोध गर्नुभयो । उहाँले तिजमा विभिन्न किसिमका विकृति सृजना नर्गन पनि अपिल गर्नुभयो । पछिल्लो समयमा तिज आउनुभन्दा धेरै पहिलेदेखि यस पर्वका नाममा बढ्दो तडकभडक, गहगरहना र लुगाको प्रदर्शन, आडम्बर, उत्ताउलोपन, फजुल खर्च, ध्वनि, प्रदूषण र चोरी हुनेजस्ता विकृतिजन्य क्रियाकलापले तिज पर्वको मौलिकतामा माथि आँच पुगको उल्लेख गदै प्रशासनले कडाई गरेको बताउनु भयो । कार्यक्रममा धौलागिरी बहुउद्देश्यीय महिला विकास समितिकी संस्थापक अध्यक्ष सरस्वती शर्मा जिज्ञासूले महिला महिलाहरु आर्थिक रुपमा सवल र सक्षम हुनुपर्ने बताउनु भयो । उहाँले महिलाहरु अव आर्य आर्जनसंग जोडिएर आर्थिक रुपमा सवल र सक्षम बन्नुपर्नेमा जोड दिनुभयो । सामाजिक संस्कार भित्र पनि महिलालाई तल्लो दजामा राख्ने गरिएको भन्दै उहाँले अव महिला पुरुष समानताको अभ्यासलाई अघि सार्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरि उपरिक्षक श्यामु अर्याल, सिसेफ महिला समूहकी पूर्व अध्यक्ष इश्वरी पाठक, धौलागिरी बहुउद्देश्यीय महिला विकास समितिकी पूर्व अध्यक्ष कलावती पुरी, राममाया श्रेष्ठ, बह्माकुमारी इश्वरी विश्वविद्यालयकी संचालिका राधिका दिज्यू, सिसेफ नेपालका संस्थापक अध्यक्ष टंक लामिछाने, मिला महिला समूहकी पूर्व अध्यक्ष बृद्धिकुमारी श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियो । धौलागिरी बहुउद्देश्यीय महिला विकास समितिकी निवर्तमान अध्यक्ष लक्ष्मी शर्मा अधिकारीको अध्याक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य सिता शर्मा र कार्यक्रमको संचालन लक्ष्मी पौडेलले गर्नुभएको थियो । कार्यक्रममा कुश्मा नगरपालिका–५ की विष्णु श्रेष्ठलाईअसल बुहारी भएको भन्दै सम्मान गरिएको छ भने, आर्थिक अवस्था कमजोर भएकी फलेवास नगरपालिका–४ मुडिकुवाका दिपिका लामिछानेलाई ५ हजार ५ रुपैयाँ आर्थिक सहयोग गरिएको विकास समितिले जनाएको छ

You might also like More from author

Leave A Reply