एक महिनामै उक्कियो कालोपत्रे दोषी को ?सांसद पाठक मुद्दाको सामना गर्न तयार

जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा जाने सडक कालोपत्रे गरेको एक महिनामै उक्किएको छ । नगरपालिकाको गौरवको योजनाका रूपमा रहेको बाग्लुङ कुश्मिसेरा सडकखण्डको जुम्लीखोला–कुश्मिसेरा सडक कालोपत्रे गरेको एक महिनामै उक्किएको हो । केन्द्र सरकारको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत बाग्लुङ–१ का प्रतिनिधिसभा सदस्य डा.सूर्य पाठकको निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रम र जैमिनी नगरपालिकाको साझेदारीमा सडक कालोपत्रे गरिएको थियो ।

नगरपालिकाको एक करोड र निर्वाचन क्षेत्र पूर्वाधार विकासको एक करोड गरी दुई करोड रुपैयाँको लागतमा सडक कालोपत्रे गरिएको थियो । सडकखण्डको एक हजार ६ सय ६० मिटर लम्बाइ तथा ३.७५ मिटर चौडाइ कालोपत्रे उक्किएको छ । स्थानीयको विरोधपछि जैमिनी नगरपालिका, सांसद डा.पाठक, जिल्ला समन्वय अधिकारी कृष्णराज गौतम र सडक डिभिजन कार्यालयका इन्जिनियर सिंहबहादुर विष्टको संयुक्त अनुगमन टोलीले सडक निर्माण गुणस्तर कमजोर भएको प्रतिवेदन नगरपालिकालाई बुझाएको थियो ।

दुई सय ५८ मिटर सडक कमसल 
प्रारम्भिक अध्ययनमा कालोपत्रे गरेको सडकमध्ये दुई सय ५८ मिटर भाग कमसल भएको पाइएको छ । इन्जिनियर विष्टका अनुसार सडकको सम्पूर्ण गुणस्तर जाँच गर्न ल्याब टेस्ट गरेपछि मात्र भन्न सकिनेछ । जैमिनी नगरपालिकाका इन्जिनियर सुमनराज रेग्मीले सम्भावित जोखिमको अवस्था नहेरी डिपिआर तयार पार्दा कालोपत्रे कमजोर भएको बताए । पहिले डिपिआर तयार पार्ने इन्जिनियरले सडकमा पानी भएको अवस्था नहेरी ढलान नराखी कालोपत्रे राख्नाले अहिले यस्तो अवस्था आएको उनको दाबी छ । सो सडकको डिपिआर इन्जिनियर प्रकाश पौडेलले गरेका थिए । उनले प्राविधिक मूल्यांकन गरेपछि निर्माण कम्पनीले पहिलो किस्ता ३८ लाख रुपैयाँ लगेकोे थियो ।

‘सो क्षेत्रमा पानी बगिरहने भएका कारण कालोपत्रे उक्किएको हो,’ रेग्मीले भने, ‘पहिले डिपिआर तयार पार्ने कन्सल्टेन्सी र इन्जिनियरले उचित ध्यान नपुर्‍याउँदा सडकको कालोपत्रे भत्कियो ।’ दुई करोड लागत इस्टिमेट रहेको सडकलाई ‘बी एन्ड ए’ निर्माण कम्पनीले एक करोड २५ लाखमा काम सम्पन्न गर्ने गरी गत १८ चैतमा सम्झौता गरेको थियो । सम्झौताअनुसार निर्माण कम्पनीले काम नगरेको भनी गुनासोपछि सांसद र जिल्ला समन्वयको टोली सडक विभागका इन्जिनियरसहित अनुगमनमा गएको थियो ।

रकम काटेर भुक्तानी
जिल्ला समन्वय समितिको अनुगमन टोलीको प्रतिवेदनअनुसार कालोपत्रेमा गुणस्तर कम भएको दुई सय ५८ मिटर सडकको रकम भुक्तानी नगरिएको नगर प्रमुख इन्द्रराज पौडेलले बताए । कम्पनीले गुणस्तरअनुसार काम नगरेकाले कारवाहीस्वरूप १५ लाख रुपैयाँ घटाएर भुक्तानी दिइएको उनले बताए । कालोपत्रे उक्किएको क्षेत्रमा नगरपालिकाले चालू आवमा छुट्टै योजना बनाएर ढलान वा पुनः कालोपत्रे के गर्न सकिन्छ सोहीअनुसार काम गर्ने नगर प्रमुख पौडेलले जानकारी दिए ।

नगरवासीलाई सुविधा होस् भनी पहिलोपटक सडक कालोपत्रे गर्न लागेको योजना सोचअनुसार नभएको सांसद पाठकले बताए । उनले अगामी दिनमा बर्खे विकासलाई रोक्न छिटो बजेट ल्याउने र योजनलाई चुस्त–दुरुस्त गराउने जानकारी दिए ।

पछिल्लो समयको चर्चित टेलिभिजन कार्यक्रम सिधा कुरा जनता संगमा आयको निर्माण व्यवसायीको सम्बाद पछाडी साम्सद पाठक ले आफ्नो फेसबुक वालमा यस्तो लेखेका छन्
न्युज २४ को अाज काे सिधाकुरा जनता संग कार्यक्रम मा जैमुनी – सरंगी सडक को ठेक्का पाएका ठेकदारले भुक्तानी मा व्यापक कटौती गर्दिएको हुदा मेरा बिरुद अदालत जादै छु भनेछन ।
मुद्वा को सामना गर्न तयार छु ।

You might also like More from author

Leave A Reply