पर्बत जिल्ला अस्पतालको अध्यक्षमा पहाडीको आगमन संगै प्रभावकारी सेवा प्रदान

निर्मल पौडेल  रेडियो कुशुम कुस्मा पर्वत । जिल्ला अस्पताल पर्वतमा कुपोषण व्यवस्थापनका लागि अस्पतालमा सञ्चालित पोषण पुर्नस्थापना गृहको वारेमा आयोजित अन्र्तक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । जिल्ला अस्पताल र कुस्मा नगरकार्यपालिकाको आयोजनामा अन्र्तकृया तथा छलफल कार्यक्रम जिल्ला स्वास्थ्य कार्यलयको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रममा कुपोषण व्यवस्थापनमा अस्पतालको उपलव्धी लगायत अस्पतालमा स्वास्थ्य सम्वन्धी समसामयिक विषयमा छलफल भएको थियो ।

यस्तै अस्पतालका पछिल्ला समयमा भएका उपलिव्धहरु , विद्दमान समस्याहरु र भावी योजनाहरुको वारेमा स्वास्थ्य कार्यलय पर्वतका इन्चार्ज सन्तोषी थपलिया र अस्पताल विकास समितीका अध्यक्ष गोविन्द पहाडीले पत्रकारहरुको प्रश्नको जवाफ दिएका थिए । इन्चार्ज थपलियाले पोषण पुर्नस्थापना गृहवाट कुपोषित वच्चाहरु लाई प्रदान गरिने सेवाका वारेमा व्यापक प्रचारप्रसार गरी वच्चाको सङ्ख्यामा व्यापक वृद्धि गरिएको भन्दै गत वर्ष १९ जनाले सेवा लिएकोमा अहिलेसम्म ६१ जनाले सेवा लिएको जानकारी गराएकी थिईन्

कार्यक्रममा वोल्दै पहाडीले पहिलेको तुलनामा अस्पतालमा दिने सेवा सुविधाहरु र गुणस्तरीयतामा वृद्धि भएको दावी गरेका छन् । पहाडीले सरकारले निशुल्क उपचार गर्न घोषणा गरेका अनुदान उपलव्ध नगराउँदा अस्पतालको व्यवस्थापनमा समस्या आए पनी गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गरेर सामान्य स्वास्थ्य समस्याका लागि जिल्ला वाहिर जानुपर्ने तथा महंगो खर्चमा नीजि स्वास्थ्य संस्थाहरुमा जानुपर्ने वाध्यता लाई अन्त्य गर्ने योजनाका साथ निरन्तर लागि परेको वताए । यस्तै पहाडीले केही गर्नुु कत्ती नगर्नु भन्दा उत्तम हो भन्ने मान्यताका साथ विगतको अनुभव र सिकाईका आधारमा सेवाहरुमा सुधार ल्याउने हरदम कोशिसमा रहेको वताए ।
नयाँ व्यवस्थापन समितीको आगमन संगै १५ शैयाको अस्पताको मान्यता वाट हाल ३५ सैयाको रुपमा सञ्चालनमा ल्याएको र ५० शैयाको रुपमा मान्यता पाउने क्रममा रहेको वताईएको छ । डाक्टर, ल्याव असिस्टेन्ट, फार्मेसिस्ट,रेडियोग्राफर ,प्यारामेडिक्स अभावका कारण अस्पतालका सेवाहरु लाई पुर्ण वनाउन नसकिएकोले २४ सै घण्टा सेवा प्रदान गर्न जनशक्तिको अभावले चुनौतीपुर्ण रहेको छ । पहिले ५ जना मात्र रहेको अस्पतालमा हाल १ जना मे.सु. १ जना एम.डि.जि.पी ,१ जना डि.जि.ओ ,६ जना मेडिकल अधिकृत र एक जना डेन्टल सर्जन गरी १० जना कार्यरत रहेका छन् ।
अस्पतालमा एम.डि.जि.पी तथा डि.जि.ओ को संलग्नतामा अपरेसन शेवा समेत सुचारु गरिएको छ । हाल अस्पतालमा एक्सरेको गुणस्तरमा सुधार र ओपिडी कक्ष लाई व्यवस्थित, ७ प्रतिशत छुटमा फामेर्शी सेवा,जेष्ठ नागरिक तथा अन्य निशुल्क सेवा सुविधा पाउनेहरुका लागि निशुल्क सेवा प्रदान,हिँसामा परेर उपचार र न्याय पाउन वाट वञ्चित व्याक्तिहरु लाई निशुल्क उपचार र अन्य व्यवस्था समेत अस्पतालले गर्दै आएको कार्यक्रममा जानकारी गराईएको थियो ।
२०४६ साल माघ १६ मा जिल्ला अस्पतालको मान्यता पाएको अस्पतालमा केही विशेषज्ञ सेवा अनिवार्य गराउन महशुुस गरिएपनी नेपाल सरकारको यसतर्फ ध्यान जान नसक्नाले वालरोग ,स्त्रीरोग,हाडजोर्नी नाक,कान, घाटि रोग लगायतमा विशेषज्ञ सेवा प्रदानमा नागरिकहरुले पनि सकारात्मक धारणा वनाउन नसक्ने स्थिती देखिन्छ । अस्पतालले प्रदेश सरकारको सहयोगमा यसैवर्ष डिजिटल एक्सरे, अत्याधुनिक भिडियो एक्सरे ,सोडियम पोटासियम एनालाईजर,वायोम्याट्रिक एनालाईजर,इसिजी मेशिन ,कार्डियो मोनिटर लगायतका औजारहरु समेत थप गर्ने र स्वास्थ्य विमा समेत गर्ने योजना गराएको छ । यसैगरी निशुल्क डायलासिस सेवा प्रारम्भ गर्ने,पोषण पुर्नस्थापना गृहको क्षमता विस्तार गर्ने र डाक्टरहरुको प्रत्यक्ष निगरानीको व्यवस्था मिलाउने यस्तै ,विभिन्न समयमा विशेषज्ञ सहितको शिविर सञ्चालन गर्ने लगायतका विभिन्न भावी योजना समेत वनाएको छ ।अस्पताल विकास समितीका अध्यक्ष गोविन्द पहाडीको अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन स्वास्थ्यकर्मी याम प्रसाद शर्माले गरेका थिए ।

You might also like More from author

Leave A Reply