पर्वतका व्रेन ट्युमर पीडित जगदिश पौडेललाई प्रवासी युवाहरुले गरे ८५ हजार भन्दा वढी आर्थिक सहयोग। सहयोगको अझै अपिल

निर्मल पौडेल पर्वत १४ जेष्ठ २०७६

आर्थिक अभावमा उपचारमा समस्या भएर काठमाण्डौको अन्नपुर्ण न्युरो अस्पतालको ३०९ वेडवामा छटपटाई रहेका व्रेन ट्युमर पीडित जगदिश पौडेल लाई प्रवासी युवाहरुले आर्थिक सहयोग गरेका छन् । लिमिठाना घर भई वैदेशिक रोजगारीको शिलशिलामा हाल दक्षिण कोरियामा रहेका युवाहरु मिलेर ८७ हजार ५ सय ८९ रुपैया सहयोग गरेका हुन् । उपचारमा आर्थिक अवाभ भएको समाचार थाह भएपछी विशेष गरि कोरिएमा रहेका सन्तोष रेग्मीको पहलमा अन्य प्रवासी दाजुभाईहरुले उक्त रकम संकलन गरि सहयोग गरेका हुन् । सहयोग गर्नेहरुमा सन्तोस रेग्मी, जगदिश सापकोटा,आनन्द तिवारी,विमल पन्त,लेख पन्त,माधव अशोक रेग्मी,पुरुषोत्तम तिमिल्सिना नरवहादुर भण्डारी, संकोच भण्डारी,शशी रेग्मी,विमल थापा,मोहन भुषाल गिरीजा सुनार,ध्रव भुषाल,प्रशान्त सिल्वाल र ठानामौलाका राज कुवँरले उक्त रकम सहयोग गरेका हुन् । उक्त रकम अशोक पौडेल मार्फत विरामी समक्ष पु¥याईएको सन्तोष रेग्मिले वताए । विरामी परेको समाचार देख्दा र सुन्दा आँसुनै आयो र थोरै भएपनि उपचारमा सहयोग होस भनेर लिमिठानामा जन्मेर कोरियामा रहने दाजुभाई हरुले आँफुले सक्ने सहयोग संकलन गरेर पठाएको रेग्मिले वताए । रकम वुझ्दै पीडितका दाजु रमाकान्त पौडेलले दुखको घाउमा मल्हम लागाउने सम्पुर्ण सहयोगी मनहरु लाई धन्यवाद दिए। पीडित पौडेल काठमाण्डौको न्युरो अस्पतालको ३०९ नम्वरको वेडमा जीवन र मृत्यु संग लडिरहेका छन्। अहिले सम्म ३ लाख खर्च भैसकेको र अझै ५ लाख भन्दा वढि लाग्ने डाक्टरहरुले वताएकोले सक्दो सहयोग गरेर जीवन वचाईदिन पीडितले आग्रह गरेका छन् । पौडेल यतिवेला काठमाण्डौको न्युरो अस्पतालको ३०९ नम्वरको वेडमा जीवन र मृत्यु संग लडिरहेका छन् । खेती किसानी गरेर जीवन गुजारा गर्ने पौडेलको परिवारमा यतीवेला अनयासै ठुलो वज्रपात परेको छ । अस्पतालको ३०९ नम्वर वेडमा छट्पटाईरहेका छन् तर अव उपचार गर्न आर्थिक अभाव भएको छ । हात थाप्ने ठाउँपनि अन्त कतै छैन। सानो सात वर्षको छोरा दुई छोरीहरु र श्रीमती विन्दु पौडेल मुर्छित भएर पौडेलको नजिकै वसिरहेका छन् । उपचारमा अहिले सम्म गाउँलेहरुले जम्मा गरेको र आफन्त हरुले जोडजाड पारेको ३ लाख खर्च भैसकेको छ ।अझै करिव ५ लाख जति लाग्ने अस्पताल स्रोतले वताएको छ । पौडेल परिपवारमा अव माग्ने र हात थाप्ने ठाउँ अन्त कतै पनि छैन। विरामीको छेवैमा रहेकी श्रीमती विन्दुले भक्कानिएर रुँदै भनिन् “जिन्दगीमा यस्तो पनि हुने रहेछ, हामीलाई मात्र किन यस्तो हुन्छ? कृपया मेरो श्रीमान् लाई सहयोग गरेर वचाइदिनुहोस्, यहाँ लाई केही भैहाल्यौ भने म के गरुँला? यी साना छोराछोरी हरु गरुला वोली पुरा पनि गर्न सकिनन् ।” शल्यकृया पश्चात पौडेल अर्धचेत अवस्थामा पल्टिरहेका छन् । घरीघरी होसमा आउँदा उनी भन्छन् “म वाँच्न चाहन्छु कोही मलाई वँचाई दिनुहोस् । ” यत्ति मात्र वोल्छन् । डाक्टरले धेरै वोल्न पनि नहुने वताएको छ ।१२ दिनअगाडी एक्कासी ढलेपछी वुटवलको अस्पतालमा लगेर उपचार गराउँदा व्रेन ट्युमर भएको थाह भएपछी थप उपचारको लागि काठमाण्डौ रिफर गरिएको हो । अहिले अन्नपुर्ण न्युरो अस्पतालको ३०७ नम्वर वेडमा रहेका छन् । लिमिठानामा जीवन गुजारा नचलेपछी साना नानीहरु र श्रीमती लिएर रोजगारको लागि भैरहवा गएर दिनभर काम गर्ने र साँझ विहान चुल्हो वालेर गुजारा चलाउँदै आएका थिए । अहिले आँफु जीवन मृत्युको दोशादमा रहेर जीन्दगीको भिख मागीरहेका छन् । सानै उमेरमा वुवा गुमाएका र वाँकी जिन्दगीका हरेक मोडहरुमा अत्यन्तै कष्ठकर दिनहरु विताईरहेका पौडेल लाई एक्कासी यति ठुलो वज्रपात परेको हो । जिन्दगीभर पौडेलले कहिल्यै सुखमा अनुभुती गर्न पाएनन् । पौडेलले वुवा गुमाएपछी उनका दाईले हुर्काई वढाई गरेर यतिसम्म पु¥याएका थिए । विरामी भएको थाह पाएर रन्थनिएर भाईको उपचारका लागि दाई रमाकान्त पौडेलले छिमेकमा जोरजाम पारेर लगेको पैसो सकिएपछी पौडेलको अवस्था अहिले विजोग भएको छ । दाई रमाकान्त पौडेलले पनि गहभरी आँसु पार्दै भने “कस्लाई के भनौ खै भगवान पनि कति निष्ठुरी निर्दयी हुँदो रहेछ जो होचो उस्का मुखमा घोचो, हामी गरिव लाई नै यतीठुलो घात ग¥यो ।” अव खर्च गर्ने पैसा छैन खोजेर ल्याएको सवै सकियो ,कसैले सहयोग गरिदिए भाईलाई वँचाएर घर फर्किने आसामा पौडेल । वाँकी डाक्टरको हातमा । मानवियता दर्शाएर सहयोग गर्न इच्छुकले पीडितका दाजु रमाकान्त पौडेलको मोवाईल नम्वर ९८४७६४५६९४ मा सम्पर्क गर्न सक्नुहुनेछ । जिन्दगीमा आपत सवैलाई पर्छ तपाईको सानो सहयोगले पौडेलले नयाँ जीवन पाउने छन् ।

You might also like More from author

Leave A Reply