जनतालाई सहज सेवाप्रवाहको प्रत्याभूति दिन्छु –प्रजिअ पन्थी

कुशुम समचार । पर्वतमा भर्खर सरुवा भएर आउनु भएका प्रंमुख जिल्ला अधिकारी राजेश पन्थीले आफ्नो कार्याकालमा जनतालाई सहज सेवा प्रवाहको प्रत्याभूति दिने प्रतिबद्धता जनाउनुभएको छ ।
गृह मन्त्रालयवाट सरुवा भएर पर्वत आएका प्रमुख जिल्ला अधिकारी पन्थीलाई पर्वत उद्योग बाणिज्य संघले गरेको स्वागत कार्यक्रममा जनतालाई सहज सेवा प्रवाह दिने प्रतिबद्धता जनाउनुभएको हो ।
‘जनतालाई केन्द्रमा राखेर मैले काम गर्ने हो’ उहाँले भन्नुभयो ‘जनताले सेवा प्रवाहका क्रममा कुनै झन्झट र दबाबको महसुस गर्नुपर्ने छैन’ । उहाँले कानून विपरित कार्य गर्ने ब्यबसायीलाई काबार्ही गरि छाड्ने र त्यसमा उद्योग बाणिज्य संघले सहयोग गर्ने आशा ब्यक्त गर्नुभयो । पर्वत उद्योग बाणिज्य संघले निजी क्षेत्रमा उल्लेख्यनिय काम गरेको चर्चा गर्दै प्रंजिअ पन्थीले नाफामुलकसंगै सेवा मुलक ब्यबसायमा पनि लगानी गरेर उदाहरण पं्रस्तुत गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले उद्योगी व्यावसायीपनि केवल नागरिक मात्र नभएर यो समाजको जिम्मेवार पक्ष भएको बताउँदै जिल्ला प्रशासनसँग हातेमालो गरेर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले १०बजेदेखि ४ बजेसम्म मात्र नभई पर्वतवासीहरुको सेवामा आफु चौविसै घण्टा खटिने बताउँदै जस्तोसुकै समस्या परेमा पनि आफु समाधानका लागि तयार रहेको बताउनुभयो ।
कार्यक्रममा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेले जिल्लामा स्वागत गर्दै समग्र जिल्लाको बस्तुस्थिति र पर्वत उद्योग बाणिज्य संघले गरेका कार्यहरुको संक्षिप्त चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा पर्वत उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष होमनारायण श्रेष्ठले व्यावसायमैत्री बातावरण निर्माण गर्नका लागि आवश्यक पहल गरिदिन नवआगन्तुक प्रजिअ पन्थीलाई आग्रह गर्नुभएको थियो ।
गृह मन्त्रालयले हालै गरेको सरुवाबाट उहाँ पर्वत आउनुभएको हो भने पर्वतमा कार्यरत प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी अध्यागमन विभागमा सरुवा हुनुभएको थियो ।

You might also like More from author

Leave A Reply