सिमा अतिक्रमण विरुद्ध भारतसँग लड्नै पर्छ–परि थापा

भारत सरकारले सिमा अतिक्रमण गरेको नयाँ नक्सा जारी गरेपछि विरोधमा उत्रिएको देशभक्त जनगणतान्त्रिक मोर्चाका महासचिव परि थापाले भारतीय विस्तारवादसँग नेपालीहरु दह्रोसँग लड्नुपर्ने बताएका छन ।

मोर्चाका महासचिव थापाले भारतको चर्को विरोध गर्दै नेपालीहरु कसैसँग कहिल्यै नझुकेको भन्दै भारतले गरेको कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायतका सिमा अतिक्रमणका विरुद्ध लड्नुपर्ने बताए ।बुधबार देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले प्रदृशन गरेको विरोध सभालार्ई संबोधन गर्दै थापाले भारत सरकारद्वारा हालै सार्वजनिक गरिएको नयाँ नक्सामा पहिलेदेखि अतिक्रमण गर्दै आएको नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको समग्र कालापानी क्षेत्रमा पर्नेे भू–भागलाई भारतमा गाभेको नेपालीहरुलाई मान्य नहुने चेतावनी दिए ।

उनले नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र नेपाली भूभागमाथि भारतले गरेको नाङ्गो अतिक्रमणका विरुद्ध आम नेपालीहरु भारतसँग लड्ने चेतावनी पनि दिए ।थापाले भारतीय विस्तारवादद्वारा नेपाली भूभागमाथि गरिएको नाङ्गो अतिक्रमणबारे आलटाल नगरी आवश्यक सत्यतथ्य प्रकाशमा ल्याई भारत चालेको सिका अतिक्रमण कदमको कडा विरोध गर्न र नेपाल सरकारलाई सुझाए ।

You might also like More from author

Comments are closed.