बलेवा सेवा समाज जापानको अधिबेसन २०२० जनवरी १ मा हुने

२०१३ साल जनवरी १ तारिख जापानमा रहेका बलेवालीहरुको साझा प्रयासबाट स्थापित सामाजिक छाता संगठन बलेवा सेवा समाज जापान निरन्तर क्रियाशील रहेर सक्दो सामुहिक सामाजिक कर्तब्य निर्बाह गरिरहने क्रममा चार वटा नेतृत्त्गणहरुले सँस्था हाँकीसक्नु भएको छ ! जसमा रामचन्द्र केसी, महेन्द्र पिसी, दीपेन्द्र केसी र अहिले सेबक पिसी हुनुहुन्छ ! अबको अधिबेसनमा पाँचौं नेतृत्त्व सहितको नयाँ कार्यसमिति बनेर निरन्तर सँस्थाको उद्देश्य प्राप्तिमा लम्किन बाटो प्रशस्त गरिरहन बर्तमान नेतृत्त्वमा रहनु भएका सेबक पिसी ज्यूको टीमको काँधमा पाँचौं अधिबेसन तयारीको चटारो शुरु हुने अध्यक्ष सेबक पिसी ज्यूले बताउनु हुन्छ ! बर्तमान कार्यसमितिको १० औं नियमित बैठकले नयाँ कार्यसमिति निर्माण पहलकदमीका लागि अध्यक्ष र महासचिब ज्यूलाई अधिकार सुम्पिएको अबस्थामा डिसेम्बर महिनाको शुरुवातीमै बिशेष तयारि बैठकको आवाहन गरि प्रक्रिया अघि बढाईने महासचिब बिमल रिजाल ज्यूले बताउनु भएको छ !

यस सामाजिक परोपकारी सँस्था स्थापना भएदेखि आफ्नो गाउँठाउँका हरेक खाले समस्याको सूचनाका आधारमा सक्दो आर्थिक सहयोग, देसमा आइपरेका प्राकृतिक बिपत्तिहरुबाट आपतबिपतमा परेका गाउँ बस्तीहरुमा सक्दो आर्थिक सहयोग र कर्मथलो जापानमा रहेको संस्थाले यहाँका नेपालीहरुमा आईपरेका दुखद घटनाहरुमा अन्य संघसँस्थाहरुसँग हातेमालो गर्दै सक्दो आर्थिक सहयोग गर्ने काम गर्दै आएको छ ! आगामी दिनमा पनि यसको निरन्तरता जोगाईराख्न अधिबेसन र नयाँ नेतृत्त्वको आबस्यकता परिरहने अध्यक्ष सेबक पिसी ज्यू बताउनु हुन्छ ! साथै जापानमा रहेका सबै बलेवालीहरुलाई सँस्थाको सदस्यता लिएर अधिबेसन समारोहमा उपस्थित भएर सामाजिक परोपकारी यात्रामा सामेल हुनको लागि कार्यसमिति परिवारले बिनम्र अनुरोध गरेको पनि छ ! पाँचौं अधिबेसनको सम्पूर्ण जानाकारी जस्तै स्थान, समय रअन्य कुरा अब हुने बिशेष बैठकको निर्णय पछि सार्बजनिक गरिने बताईएको छ !

You might also like More from author

Comments are closed.