दमेकको गाजा दहमा ”बैकुण्ठ चतुर्दशी मेला पुर्णिमा मेला ” सुरु

बिकाशको लागि एकता ,गाजा दह पर्यटन क्षेत्रको आबस्यकता भन्ने नाराका साथ् गाजा दह सम्रक्षन समिति जैमिनी ३ बाग्लुंगको आयोजनामा बिगतमा जस्तै यसपालि पनि ”बैकुण्ठ चतुर्दशी मेला पुर्णिमा मेला ” आयोजना गरियको हो ।
कार्तिक २३ देखि २६ गते सम्म संचालन हुने मेलामा भलिबल ,दोहोरि ,पन्चेबाजा ,लगायत बिभिन्न प्रतियोगिता आयोजना गरियको समितिका अध्यक्ष झम्मन पाण्डे ले जानकारी दिनु भयो ।

मेलाले पर्यटन प्रबर्धन र सास्कृतिक संगै खेलकुद को बिकासमा सहयोग पुग्ने अध्यक्ष पाण्डेको भनाइ छ ,मेलामा यतिबेला बिबिध प्रतियोगिताहरु सुरु भयका छन् साथै मूल समारोहमा कार्तिक २६ गते साम्सद सुर्य पाठक लगायत अन्य अतिथि र चर्चित कलाकार कृष्ण अखेली ,साथमा फेवा टेलिभिजनको फेवा चौतारी कार्यक्रम का कलाकार हरु को प्रस्तुति रहने आयोजकले बतायको छ ।

You might also like More from author

Comments are closed.