सामाजिक संजालको दुरुपयोग पनि आत्महत्याको एक कारक हो : प्रनाउ अर्याल

कुश्मा नगरपालिका वडा नं. ६ स्थित सामुदायिक प्रहरी सेवा केन्द्र कुश्मा पर्वतको सभाहलमा जिल्ला प्रहरी कार्यालय पर्वत र सामुदायिक प्रहरी सेवा केन्द्र कुश्माको संयुक्त आयोजनामा विश्व आत्महत्या रोकथाम दिवश २०७६ का अवसरमा आत्महत्या रोकथामका विषयमा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्र कुश्माका उपाध्यक्ष तुप्ला शाक्यको अध्यक्षता, प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्याल, निमित्त प्रमुख जिल्ला अधिकारी छवि सुवेदी, पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी, पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, जिल्ला स्वास्थ्य कार्यालय पर्वतका मानसिक स्वास्थ्य फोकल पर्सन प्रमुख प्रशिक्षक तेज प्रसाद सुवेदी, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझी, सामुदायिक सेवा केन्द्र कार्यसमितिका अन्य पदाधिकारीहरु, जिल्ला ट्राफिक प्रहरी ईन्चार्ज

प्रहरी नायव निरीक्षक राम बहादुर भट्ट, सामुदायिक प्रहरी कुश्मा ईन्चार्ज प्रहरी नायव निरीक्षक पुर्णिमा थापा, स्थानिय आमा समुहका अध्यक्ष, सर्वसाधारण र प्रहरी कर्मचारीहरु गरि अन्दाजी ५५ जनाको सहभागितामा कार्यक्रम संचालित भएकोथियो ।२०७५ -७६ मा पर्बत जिल्लामा १६ जना महिला र २४ जना पुरुषले आत्महत्या गरेका छन् । सबै भन्दा बढी कुश्मा नगरपालिकामा १४ जनाले आत्महत्या गरेको तथ्यांक समेत कार्यक्रममा प्रस्तुत गरियको थियो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय पर्वतका मानसिक स्वास्थ्य Focal Person, प्रशिक्षक तेज प्रसाद सुवेदीले आत्महत्या न्यूनीकरण सम्बन्धी विषयमा आफ्नो प्रस्तुतीकरण दिदै प्रस्तुती पश्चात सहभागिहरुवाट यसै विषयमा उठेका जिज्ञासाहरुको पनि प्रशिक्षक सुवेदीले जवाफ दिनुभएको थियो । कार्यक्रममा पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, सेवा केन्द्रका निवर्तमान अध्यक्ष मान कुमारी गिरी, उपाध्यक्ष तिला गिरी, सहायक प्रमुख जिल्ला अधिकारी छवि सुवेदी लगायतले कार्यक्रमको विषयमा केन्द्रित रहेर आ- आफ्नो मन्तव्य राख्नुभएको थियो । आफ्ना अमुल्य भनाई तथा सुझावका साथ जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्याल ज्यूले पछिल्लो समयमा आत्महत्याका घटनाहरु प्राय: सामजिक संजालहरुको दुरुपयोग, पारीवारीक विचलन र असिमीत ईच्छाका कारण हुने गरेको र आत्महत्या न्यूनीकरणको लागि चाल्नु पर्ने कदमहरुका बारेमा समेत बताउनु भएको थियो । कार्यक्रमका अध्यक्ष तुप्ला शाक्यले उपस्थितहरुलाई संवोधन तथा उपस्थितिका लागि धन्यबाद व्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो ।

You might also like More from author

Comments are closed.