सांसद सुर्य पाठकमाथि यसरी खनिए पर्वतको जलजलाका व्यावसायी र जनप्रतिनिधि

पर्वत– लामो समयदेखि विवादीत बन्दै आएको कालीगण्डकी नदि उत्खनन्लाई व्यवस्थित बनाउन बागलुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा.सांसद सुर्य पाठकले आवाज उठाएपछि पर्वतको जलजलाका व्यावसायी र जनप्रतिनिधि खनिएका छन् ।
सांसद पाठकले प्रतिनिधिसभा र केहि सञ्चार माध्यममा नदि उत्खननन्को विषयलाई लिएर अभिव्यक्ति सार्वजनिक गरेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत पाठकको चर्को बिरोध भएको हो ।

जलजलामा क्रसर व्यावसाय गर्दै आएका विप्लब हमालले सांसद पाठकलाई गरेर खाएको रिस नगर्न चेतावनी दिएका छन् । उनले बगेर गएको वालुवालाई सदुपयोग गरेर विकास निर्माणमा सहयोग गर्न आग्रह गर्दै हाबा कुरा गरेको आरोप लगाएका छन् । हमालले आफु जुनसुकै फोरममा बार्ता गर्न तयार रहेको बताउँदै पञ्चायतकालमा प्रधापञ्च भीमनाथको हत्या भएजस्तो व्यावसायीको हत्या गर्न नखोज भन्दै चेतावनीयुक्त भाषामा आक्रोस पोखेका छन् ।

त्यसैगरी जलजला गाउँपालिका वडा नं. ८ नाङलीवाङका वडा अध्यक्ष हरिबिकास जिसीले सुर्य पाठक जस्तो सांसदले कालीगण्डकी दोहन भनेर बारम्वार संसदमा आवाज उठाउँदा पनि किन रोकिएन भन्ने कुराको तथ्य बुझ्न आग्रह गरे । उनले कालीगण्डकीको विकल्प खोज्न चेतावनी दिँदै सके उत्खनन् रोक्न चेतावनी दिएका छन् ।जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्ल वैदेशिक भ्रमणका लागि अमेरिका गएका बेला कालीगण्डकी उत्खनन्को विषय चर्किएको हो ।यस अघि गाउँपालिकाले भदौ १५ सम्म उत्खनन् गर्न रोकेको भएपनि साउन अन्तिमबाटै ठाउँठाउँमा बालुवाका पहाड उठेका थिए । सांसद पाठकले कालीगण्डकीको अस्तित्व नै समाप्त हुने गरी मध्यरातमा डोजर र स्काभेटर लगाएर दोहन भैरहेको भन्दै यसलाई व्यवस्थित गर्नुपर्ने बताएका थिए ।
उक्त समाचारपछि जिल्लामा रहेको अनुगमन समितिले पनि अनुगमन गरेको थियो । तर अनुगमन समिति हात्तिको देखाउने दाँतजस्तै बनेको सरोकारवालाहरुको आरोप रहेको छ ।

You might also like More from author

Comments are closed.