विद्यालयको भौतिक र शैक्षिक विकासमा राज्यको ध्यान केन्द्रित हुनुपर्छ :कांग्रेश नेतृ राधा कुवर क्षेत्रि

पर्वतको फलेवास नगरपालिकामा संचालित दुई वटा सामुदायिक विद्यालयका ५० जना भन्दा बढि विद्यालयलाई शैक्षिक सामग्री वितरण गरिएको छ । युवा समाजसेवी एवम् नेपाली काँग्रेस पर्वत–काठमाडौँ सम्पर्क समितिका बरिष्ठ उपाध्याक्ष जिवन भुषाल क्षेत्रीले फलेवास नगरपालिका –६ देविस्थानमा अवस्थित चन्द्रनी प्राथमिक विद्यालयका १६ जना र कालिका आधारभूत विद्यालयका ३२ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका हुन् । क्षेत्री देविस्थान निवासी हुन् । समाजसेवी एवम् नेपाली काँग्रेसका युवा नेताको रुपमा परिचित क्षेत्री पछिल्लो समय सामजिक कार्यमा सक्रिय छन् । विद्यार्थीहरुलाई नियमित विद्यालय जान सहज होस् भनेर गरिब तथा जेहेन्दार विद्यार्थीको लागि शैक्षिक सामग्री वितरण गरेको क्षेत्रीले जानकारी दिए । शैक्षिक सामग्रीले विद्यालयको शैक्षिक गुणस्तर सँगै विद्यार्थीको आत्मबल बढ्ने विश्वास लिईएको छ । शैक्षिक सामग्री अन्तर्गत कापी, कलम, पेन्सील र झोला वितरण गरिएको सहयोगदाता क्षेत्रीले बताए । दुई स्थानका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गदै नेपाली काँग्रेस पर्वतकी महासमिति महिला सदस्य राधाकुमारी कुव्ाँर क्षेत्रीले यसरी शैक्षिक सामग्री वितरण गर्दा विद्याथीलाई हौसला मिल्ने बताईन् । नेता क्षेत्रीले अहिले पनि जिल्लाका केही भागमा आर्थिक स्थिती र चेतनाको अभावका कारण बालबालिका घरमा नै बस्ने र विद्यालय जान नमान्ने भेटिएको बताउँदै तिनलाई पढ्न प्रेरित गर्नुपर्नेमा जोड दिईन् । उनले सामुदायिक विद्यालयको शैक्षिक अवस्था खस्किँदै गएकोप्रति चिन्ता व्यक्त गदै राज्यको ध्यान विद्यालयको भौतिक तथा शैक्षिक विकासमा केन्द्रित हुनुपर्ने बताईन । समुदायिक विद्यालयको शैक्षिक विकास नभएसम्म समुदाय र राष्ट्रको विकास नहुने उनको भनाई छ । कार्यक्रमकी प्रमुख अतिथी समेत रहेकी क्षेत्रीले देविस्थान विकासको सम्भाावना युक्त ठाउँ भएरपनि पछि परेको प्रति चिन्ता व्यक्त गदै विकासका लागि सवै एक जुट हुनुपर्ने बताईन । कार्यक्रममा सहयोगदाता जिवन भुषाल क्षेत्रीले शैक्षिक विकासमा मद्दत पुगेको जिकिर गर्नुभयो । आफ्नो ध्यान यस क्षेत्रको शैक्षिक विकासमा रहेको बताउँदै आगमी दिनमा पनि शैक्षिक गतिविधीलाई प्रोत्साहन गर्ने बताए ।

 

चन्दनी प्राथमिक विद्यालयमा भएको कार्यक्रममा नेपाल शिक्षक संघ फलेवास नगर समितिका संयोजक पूर्णकुमार श्रेष्ठ, नेपाल तरुण दल फलेवास नगरपालिकाका संयोजक दिनेश लामिछाने, कान्तिपुर दैनिकका संवाददाता अगन्धर तिवारी, प्रेश युनियन पर्वतका सचिव साजन परियार लगायतले बोल्नुभएको थियो । विद्यालयका अध्यक्ष गोपाल शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य शिक्षक बसन्त कुमारी डोेटेल रेग्मी र कार्यक्रमको संचाचलन नेपाल दलित संघ पर्वतका सभापति याम परियार ‘शिव’ले गर्नुभएको थियो ।यता कालिका आधारभूत विद्यालयमा सम्पन्न भएको कार्यक्रममा नेपाल शिक्षक संघ फलेवास नगर समितिका संयोजक पूर्णकुमार श्रेष्ठ, विद्यालयका प्राचार्य प्रेमकला शर्मा, समाजसेवी भरतकुमार श्रेष्ठ, पूर्व शिक्षक कुमार श्रेष्ठ, युवराज भुषाल, सुरेशकुमार श्रेष्ठ लगायतले बोल्नुभएको थियो । अध्यक्ष शिवकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन पत्रकार साजन परियारले गर्नुभएको थियो । साथै उक्त अवसरमा विद्यालयमा स्थानीय समाजसेवी चिरञ्जीवी भुषालले आमा अक्षरा भुषालको स्मृति दिवसको अवसरमा विद्यालयमा १० हजार १ सय पाँच रुपैयाँको अक्षकोष स्थापना गर्नुभएको छ । अक्षकोषको रकमवाट विद्यालयका गरिव तथा जेहेनन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने विद्यालयले जनाएको छ ।

You might also like More from author

Comments are closed.