युवा समाजसेवी लक्ष्मण श्री द्धारा क्यान्सर पीडित खड्कलाई ५३ हजार आर्थिक सहयोग हस्तान्त्रण ।

निर्मल पौडेल पर्वत २६ भदौ रेडियो कुशुम  ,,समाजसेवी तथा कलाकार लक्ष्मण श्री द्धारा आन्द्राको क्यान्सरबाट पीडित भई उपचाररत कुश्मा नगरपालिका वडा नम्बर ४ का मिनबहादुर परियार खड्कालाई रु ५३ हजार ५ सय रुपैँया आर्थिक सहयोग हस्तान्त्रण गरेका छन् । श्री ले वुधवार पीडितको घरमै पुगेर पीडित लाई भेट गरी सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उक्त रकम हस्तान्त्रण गरेका हुन।

श्री ले आफ्नो तर्फवाट रु ५ हजार ७ सय र उनको विशेष पहलमा धनवहादुर परियार रु ५ हजार,सुनिल नेपाली रु ५ हजार,सरु सुनाम रु ५ हजार,अमृत सेवा रु ५ हजार,दिल वहादुर किसान रु ५ हजार,मोहन केसी रु ५ हजार,परशु वोहोरा रु २ हजार तुलसी परियार रु २ हजार सुनिल कम्प्युटर इन्सिच्युट वाट रु १३ हजार ७ सय गरी रु ५३ हजार ७ सय हस्तान्त्रण गरिएको हो । पीडित र उनकी श्रीमती लाई रकम हस्तान्त्रण गर्दै समाजसेवी श्री ले सहयोग रकम थोरै भएपनी पीडितको घाउमा मल्हम पुग्ला भनेर निस्वार्थी भावनाले उक्त रकम सहयोग गरेको वताए । आफ्नो एक मात्र स्वार्थ खड्क परियार वचाउनु रहेको भन्दै आगामी दिनमा खड्का वचाउँ अभियान नै चलाएर अगाडी वढ्ने वताए ।

You might also like More from author

Comments are closed.